2 years ago
November 27, 2022
कतार (हाम्रो खेलकुद) – अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मेक्सिकोलाई पराजित गरेको छ । दोस्रो हाफमा कप्तान लिओनेल मेस्सी र एन्जो फर्नान्डेजले गरेको गोलमा अर्जेन्टिनाले २-० को जित हासिल गरेको हो ।
लुसेल रंगशालामा भएको पहिलो हाफमा अर्जेन्टिनाले सोचेजस्तो प्रदर्शन गर्न सकेन । मेक्सिकोविरुद्ध काउन्टर अट्याककै भरमा रहेको अर्जेन्टिनाले डिफेन्समा पनि दबाब खेप्नुपरेको थियो । दोस्रो हाफमा भने मिडफिल्ड र विंगब्याकमा परिवर्तनपछि अर्जेन्टिना खेलमा फर्कियो । कप्तान मेस्सीले गोल गरेपछि संयमित प्रदर्शन गर्दै अघि बढेको अर्जेन्टिनाले अन्त्यतिर दोस्रो गोल थप्दै नकआउट चरण पुग्ने समीकरण आफ्नै पकडमा राखेको हो ।
अर्जेन्टिनाका लागि खेलको ६४ औं मिनेटमा मेस्सीले सुरुवाती गोल गरेका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट मेस्सीले गरेको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । गोलरक्षक गोलेर्मे ओचोआले सहि दिशामा डाइभ दिएपनि उनी बलसम्म पुग्न सकेनन् ।
मेक्सिको बराबरी गोलको खोजीमा लगातार आक्रमण गरिरहँदा अर्जेन्टिनाले ८७ औं मिनेटमा दोस्रो गोल थप्यो । बेन्चबाट मैदान पस्दै मिडफिल्ड चलायमान बनाएका एन्जो फर्नान्डेजले सुन्दर गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । उनले मेस्सीको पासलाई पेनाल्टी क्षेत्रभित्र लिएपछि डिफेन्डरलाई छक्याएर गरेको प्रहारलाई गोलरक्षक ओचोआले बचाउने कुनै अवसर पाएनन् ।
त्यसअघि समूह सी मै आज भएको खेलमा पोल्यान्डले साउदी अरेबियालाई पराजित गरेको थियो । पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्कीले एक गोल र एक असिस्टको योगदान दिएपछि पोल्यान्ड २-० ले विजयी भएको थियो ।
यस नतिजासँगै अर्जेन्टिना समूह सी मा ३ अंकसहित दोस्रो स्थानमा छ । पोल्यान्ड ४ अंक जोड्दै शीर्षस्थानमा रहँदा साउदी अरेबिया ३ अंक जोड्दै तेस्रो छ । अर्जेन्टिना र साउदीको समान अंक भएपनि गोल अन्तरमा अर्जेन्टिना अघि छ ।
अर्जेन्टिनाले अब अन्तिम खेलमा जित हासिल गरे समूहबाट नकआउट चरण प्रवेश गर्नेछ । समूह विजेता वा उपविजेता बन्ने समूहको अर्को खेलको नतिजाले टुंगो लाग्नेछ । मेक्सिको र साउदी अरेबियाको खेलको नतिजाले नकआउट पुग्ने र समूह स्थान निर्धारणमा प्रत्यक्ष असर पर्नेछ ।
*यसअघि समूहमा अर्जेन्टिना दोस्रो हुनुपर्नेमा अन्यथा पर्न गएकोमा क्षमाप्रार्थी छौं – सम्पादक
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]
January 17, 2025
एजेन्सी – एमाड डियालोको ह्याट्रिकमा इंग्लिस प्रिमियर लिग मा म्याचेस्टर युनाइटेडले जित हासिल गरेको छ । घरेलु मैदानमा युनाइटेडले बिहीवार साउथह्याम्पटनलाई ३-१ ले हरायो। खेलको अन्त्यतिर डियालोले ह्याट्रिक पूरा गरे । खेलमा अग्रता साउथ लियो । ४२ औं मिनेटमा युनाइटेडका म्यानुअल उगार्टेको आत्मघाती गोलमा साउथह्याम्पटनले अग्रता बनायो । डियालोले ८२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा […]
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]