2 years ago
November 26, 2022
कतार (हाम्रो खेलकुद) – फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले दुई गोल गर्दा फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह डी को खेलमा फ्रान्सले डेनमार्कलाई २-१ ले पराजित गरेको छ । यससँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
खेल अवधिभर निकै आक्रामक रुपमा प्रस्तुत भएको साविक विजेता फ्रान्सले पहिलो हाफमा भने गोल गर्न सकेको थिएन । डेनमार्कका कप्तान तथा गोलरक्षक कास्पर स्माइकलले फ्रान्सको आक्रमणलाई विफल पारेका थिए । तर दोस्रो हाफको सुरुवातमै एमबाप्पेले फ्रान्सलाई अघि बढाए । त्यसको केहीबेरमा नै डेनमार्क बराबरी गोल गर्न सफल भएपनि एमबाप्पेले अन्तिम समयतिर विजयी गोल गरे ।
६१ औं मिनेटमा एमबाप्पेले अग्रता दिलाएका थिए । उनले थिओ हर्नान्डेजसँग दायाँ विंगमा सुन्दर वन टु पास खेल्दै अवसर सिर्जना गरेका थिए । अन्त्यमा हर्नान्डेजकै कटब्याकमा एमबाप्पेको प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो ।
६८ औं मिनेटमा डेनमार्कले बराबरी गोल फर्कायो । आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत गोल गरेका थिए । क्रिस्टियन एरिक्सनको कर्नरमा जोअचिम एन्डरसनले बलको दिशा परिवर्तन गरेपछि क्रिस्टेन्सनले ६ यार्ड बक्स नजिकबाट हेडर गोल गरे ।
निर्धारित समयको ४ मिनेट बाँकी रहँदा फ्रान्सले एमबाप्पेकै गोलमा पुन: अग्रता लियो । एन्टोइन ग्रिजमनको क्रसमा एमबाप्पेले फार पोस्टमा आफ्नो शरीरले गोल गर्दै अग्रता दिलाए । उनले डिफेन्डरको मार्किङ तोडेर पोस्ट नजिकबाट बललाई गोललाइन पार गराएका थिए ।
यस नतिजासँगै समूह डी बाट फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । उपाधि रक्षा गर्ने लक्ष्यसहित कतार आएको टोली जारी विश्वकपमा समूह चरण पार गर्ने पहिलो टोली पनि बन्यो । फ्रान्सको २ खेलमा ६ अंक छ । अष्ट्रेलियाको ३ तथा डेनमार्क र ट्युनिसियाको १-१ अंक छ । अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया र डेनमार्कले अष्ट्रेलियासँग खेल्नेछ ।
December 17, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]