2 years ago
November 26, 2022
सुबास हुमागाईं, कतार
फिफा विश्वकप कतार २०२२ मा उपाधिको दावेदार मानिएको अर्जेन्टिनाले पहिलो खेलमा हार बेहोर्दै खराब सुरुवात गर्यो । साउदी अरेबियासँग पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा मेक्सिकोसँग पराजित भएको अवस्थामा समूह चरणबाटै बाहिरिने डर छ । लिओनेल मेस्सीका लागि सारा अर्जेन्टिनी समर्थक मात्र नभएर अन्य देशबाट फुटबल प्रेमी अर्जेन्टिनी जितको अपेक्षामा रहँदा एक अर्जेन्टिनीको लक्ष्य भने आफ्नै देशलाई हराउनु हुनेछ ।
मेक्सिकोको राष्ट्रिय टोलीका प्रशिक्षक जेरार्डो मार्टिनो अर्जेन्टिनामा जन्मिएका हुन् । खेलाडीको भूमिकामा अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीबाट समेत खेलेका उनले सन् २०१३ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षण पनि सम्हालेका थिए । उनी प्रशिक्षक रहँदा अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार दुई पटक चिलीविरुद्ध फाइनलमा हार बेहोरेको थियो । शनिबार मेक्सिको र अर्जेन्टिना भिड्दा उनी अर्जेन्टिनालाई हराउने लक्ष्य बोकेका सम्भवत: एक्लो अर्जेन्टिनी हुनेछन् ।
खेलअघि प्रशिक्षक मार्टिनोले अहिलेलाई आफ्नो लक्ष्य मेक्सिकोको टोलीलाई कसरि राम्रो नतिजा दिलाउने भन्ने रहेको बताए । ‘फुटबलमा यस्तो अवस्था पनि आउने रहेछ । मलाई थाहा छ भोलीको खेल दुवै टोलीका लागि कति महत्त्वपूर्ण छ । दुवै टोलीको विश्वकप भविष्य यस खेलको नतिजासँग जोडिएको छ । जब समूह चरणको ड्र भयो, मैले यो अवस्था आउँछ भन्ने सोचेको पनि थिइनँ । म अहिले मेक्सिकोको प्रशिक्षक छु र मेक्सिकोकै राम्रोको लागि काम गर्नेछु,’ उनले भने ।
६० वर्षीय प्रशिक्षक सन् २०१९ देखि अर्जेन्टिनाका प्रशिक्षक रहेका थिए । उनले जिम्मेवारी लिएपछि सन् २०१९ मा मैत्रीपूर्ण खेलमा मेक्सिको विरुद्ध खेलिसकेका छन् । उक्त खेलमा लौटारो मार्टिनेजको ह्याट्रिकमा अर्जेन्टिनाले ४-० को जित हासिल गरेको थियो । तर यसपटक मेक्सिको राम्रो अवस्थामा रहेको र जितका लागि नै खेल्नेमा मार्टिनो बताउँछन् ।
‘मलाई थाहा छ अर्जेन्टिनी भएको हिसाबले यो सहज छैन । तर तपाईं पनि मेरो अवस्थामा हुनुभएको भए यहि सोच्नुहुन्थ्यो । मेक्सिकोले जित्नुपर्छ र यसको विकल्प छैन । मलाई अर्जेन्टिनामा कहाँ जन्मिएको, कुन अस्पतालमा जन्मिएको र अर्जेन्टिना कस्तो छ थाहा छ । तर अहिले म मेक्सिकोको जिम्मेवारीमा छु । सुखद नतिजा निकालेर अर्को चरणको सोचमा छौं ।’
अर्जेन्टिनी कप्तान लिओनेल मेस्सी र मार्टिनोले यसअघि क्लब र राष्ट्रिय टोली दुवैमा सँगै काम गरेका छन् । सन् २०१३ मा बार्सिलोनाको प्रशिक्षक रहँदा र त्यसपछि मार्टिनोले मेस्सीलाई प्रशिक्षण दिएका थिए । मार्टिनोले मेस्सीविरुद्ध आफ्नो टोली पूरै ९० मिनेट चनाखो रहनुपर्ने बताए ।
‘मेस्सीविरुद्ध खेल्ने जुनसुकै टोलीले पनि उनीबारे सोचेको हुन्छ । उनलाई रोक्ने भनेको हाम्रो रणनीति सफल हुने भन्दापनि उनको प्रदर्शन कस्तो हुन्छ भन्नेमा भर पर्छ । उनीविरुद्ध हामीले सधैं तयार रहनुपर्छ । मेस्सीले उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने सोचेर नै तयारी गर्ने हो,’ मार्टिनोले भने ।
‘हामीले मेस्सीलाई लिएर हल्का सोच्ने छैनौं । उनले खेलको ९० मिनेट पूरा नखेलेको अवस्थामा पनि मात्र ५ मिनेटमा खेलको रुप बदल्न सक्छन् । त्यसैले हामीले खेल अवधिभर चनाखो रहनुपर्छ । उनीमाथि ध्यान राख्नुपर्छ ।’
फिफा विश्वकपमा अर्जेन्टिना र मेक्सिकोबीच यसअघि तीन पटक भेट भएको छ । अर्जेन्टिनाले यसअघि तीन पटक नै जित हासिल गरेक छ । यसअघि सन् २०१० मा अर्जेन्टिनाले ३-१ ले मेक्सिकोलाई हराउँदा कार्लोस टेभेजले २ तथा गोन्जालो हिगुआइनले १ गोल गरेका थिए । समग्र अन्तर्राष्ट्रिय फुटबलमा भने ३० खेलमा अर्जेन्टिना १५ र मेक्सिको ४ पटक विजयी भएका छन् ।
मेक्सिकोले अर्जेन्टिनालाई पराजित गरेको अवस्थामा अर्जेन्टिना समूह चरणबाट बाहिरिनेछ । बराबरीले भने झिनो अंक गणितीय सम्भावना जीवित हुनेछ । मेक्सिकोले अर्जेन्टिनालाई पराजित गरेमा नकआउट चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]