2 years ago
November 26, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह चरणको दोस्रो खेलमा आज (शनिबार) विश्व विजेता फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे हुनेछ । फ्रान्स लगातार दोस्रो जितको योजनामा रहँदा डेनमार्क पहिलो जित निकाल्न चाहन्छ ।
डेनमार्कका प्रशिक्षक कास्पर हुजलमन्डले आफ्नो टिमले डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्दा कुनै डर नभएको दाबी गरेका छन् । ‘हाम्रो प्रतिद्वन्द्वी निकै अब्बल छ । उसको परिचय पछिल्लो विश्व विजेता पनि हो ।
फ्रान्सेली फुटबल टिममा जति प्रतिभाशाली खेलाडी छन्, त्यो निकै लोभलाग्दो छ । मेरो यो टिमप्रति धेरै प्रशंसा पनि छ । तर हामी आफैं कति बलियो छौं भनेर पनि थाहा छ ।’ प्रशिक्षक कास्पर हुजलमन्डले भने ।
विश्वकपको पहिलो खेलमा भने डेनमार्कले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो । फ्रान्सले पछि परेको स्थिति उल्ट्याएर अष्ट्रेलियामासथ ४–१ को सानदार जित निकाल्न सफल भएको थियो ।
फ्रान्सलाई हराउन सके डेनमार्कको अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ । २०१८ को विश्वकपमा पनि यी दुई टिम लिग चरणमा भिड्दा नतिजा गोलरहित बराबरीमा सकिएको थियो । चोटका कारण महत्वपूर्ण खेलाडी गुमाएपनि फ्रान्सले आफ्नो धैर्यता गुमाएको छैन ।
टोलीसँग केलियम एमबाप्पेसँगै ओलिभर जिरुड, ओरेलिएन चुआमेनी, इडुआर्डाे कामाभिंगाजस्ता चर्चित युवा स्टार छन् । डेनमार्कविरुद्ध गोल गर्न सके जिरुड फ्रान्सको सर्वाधिक गोलकर्ता बन्नेछन् । उनले अष्ट्रेलियाविरुद्धको खेलमा दुई गोल गर्दै थिएरी हेनरीको कीर्तिमानी गोल (५१) बराबरी गरिसकेका छन् ।
यि दुई टोली १८ पटक आमाने–सामाने हुँदा दुवै टोलीले समान ८ जित, २ बराबरी र ८ हारको नजिता छ । पछिल्लो दुवै भेटमा डेनमार्कले जित निकालेको छ ।
विश्वकपमा मात्रै यि दुई टोली ३ पटक भिडेका छन् । नतिजा समान एक जित, बराबरी र हारको छ । १९९८ मा फ्रान्सले २–१ को नतिजा निकालेको छ । सन् २००२ मा डेनमार्कले २–० को जित निकालेको थियो । २०१८ मा गोलरहित बराबरीको नतिजा निस्किएको थियो ।
फ्रान्सले विश्वकपमा आफ्नो पछिल्लो पाँच खेल जितेर फाइनलमा अहिलेसम्मकै उत्कृष्ट जितको सिलसिला बराबरी गरिसकेको छ । उनीहरूले यसअघि १९८६ र १९९८ मा लगातार पाँच खेल जितेको थियो । फ्रान्स आफ्नो पछिल्लो आठ विश्वकप खेलमा अपराजित छ । फ्रान्सले सन् १९९८, २०१४ र २०१८ मा आफ्नो सुरुवाती दुई खेल जितेका थिए ।
फ्रान्सले विश्वकपमा ६७ खेल खेल्दा ३५ जित, १३ बराबरी र १९ हारको नतिजा निकालेको छ । डेनमार्कले विश्वकपमा २१ खेल खेल्दा ९ जित, ६ बराबरी र ६ हारको नतिजा निकालेको छ ।
डेनमार्क फ्रान्सलाई यसवर्ष लगातार तेस्रोपटक हराएर ह्याट्रिक जितकाे योजनामा हुनेछ । डेनमार्कले यस वर्ष फ्रान्सलाई नेसन्स लिगमा २–१ र २–० ले पराजित गरिसकेको छ । डेनमार्कले विश्वकपको समूह चरणको दोस्रो खेलमा कहिल्यै हारेको छैन । जसमा २ जित र ३ बराबरीको नतिजा छ ।
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]