default_image

2 years ago

November 26, 2022

पोल्यान्डलाई स्तब्ध पार्ने साउदी अरेबियाको लक्ष्य

186 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज (शनिबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच खेल हुनेछ ।

पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिनालाई २–१ ले हराएर फिफा विश्वकप इतिहासको सबैभन्दा आश्चर्यचकित नतिजा निकालेको साउदी पोल्यान्डलाई पनि स्तब्ध पार्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चहान्छ ।

यता पोल्यान्ड पहिलो जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना बलियो पार्न चहान्छ । पोल्यान्ड पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको थियो । पोल्यान्डले सन् १९८६ पछि नकआउट चरण पार गर्न सकेको छैन । पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्कीले विश्वकपमा गोल गनए सकेका छैनन् । उनी गोल गर्दै टोललिाई जिताउने योजनामा हुनेछ ।

पोल्यान्डले एसियाली प्रतिद्धन्द्धीविरुद्धको ८ मध्ये ६ खेलमा जित निकालेको छ । जसमा साउदीविरुद्धको तीन खेल पनि समावेश छ । साउदीसँगको सबै तीन खेल पोल्यान्डको पक्षमा छ । यि दुई टोलीले पछिल्लोपटक सन् २००६ मा प्रतिस्पर्धा गर्दा पोल्यान्ड २–१ ले विजयी भएको थियो ।

तर, अर्जेन्टिनामाथि पाएको जितले उत्साहित साउदी पोल्यान्डविरुद्ध पनि उच्च मनोवलका साथ मैदान उत्रनेछ ।अर्जेन्टिनाविरुद्धका गोलकर्ताद्धय सालेह अल शेहरी र सलेम अल डावसरी टोलीको मुख्य हतियार हुनेछ ।

सन् १९८६ मा मेक्सिकोमा भएको समूह चरणमा मोरक्कोसँग ०–० गोलको बराबरीमा सकिएपछि पोल्याण्डको मेक्सिकोसँगको बराबरी विश्वकपमा पहिलो खेल थियो । त्यसयता पोल्यान्डले १२ खेल खेल्दा बराबरीको नतिजा निकालेको थिएन । कामिल ग्लिक (३४ वर्ष २९२ दिन) फिफा विश्वकपमा पोल्याण्डका लागि खेल्ने सबैभन्दा पाको खेलाडी हुन् ।

साउदी अरेबियाले दोस्रो पटक विश्वकपमा लगातार दुई खेल जित्ने लक्ष्य राखेको छ । यसअघि साउदीले १९९४ मा लगातार दुई खेलमा जित निकालेको थियो ।

पोल्यान्डले विश्वकपमा ३५ खेल खेल्दा १६ जित, ६ बराबरी र १३ हारको नतजिा निकालेको छ । यता, साउदीले १७ खेल खेल्दा ४ जित, २ बराबरी र ११ हारको नतिजा निकालेको छ ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.