2 years ago
November 26, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज (शनिबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । शनिबार समूह ‘सी’ र समूह ‘डी’ का समान दुई खेलहरू हुनेछन् ।
आज हुने पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेपछि अल जानौव रंगशालामा हुनेछ ।
दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । डेनमार्कसँग गोलरहित बराबरी खेलेको ट्युनिसिया एसियाली प्रतिद्धन्छीलाई हराएर नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चहान्छ । यता अस्ट्रेलिया पनि जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्ने योजनामा छ । अष्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ ले पराजित भएको थियो ।
दुवै राष्ट्रहरु आफ्नौ छैटौं सहभागितामा तेस्रो जितको खोजीमा हुनेछ । दुवैले आफ्नो समुहको दोस्रो खेलमा जित निकाल्न सकेका छैनन् । ट्युनिसिया पहिलोपटक समूह चरण पार गर्ने लक्ष्यमा छ ।
यता, पछिल्लोपटक सन् २००६ मा नकआउट चरणमा पुगेको अष्ट्रेलियाले सन् २०१० मा सर्बियालाई २–१ ले पराजित गरेपछि प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।
यि दुई टोलीबीच दुईपटक भेट हुँदा पछिल्लोपटक सन् २००५ मा भएको कन्फेडेरेसन कपमा ट्युनिसियाले २–० को जित निकालेको थियो । त्यसयता यि दुई टोलीले पहिलोपटक खेल्न लागेको हो । ट्युनिसियाले एसियाली प्रतिद्धन्द्धीविरुद्धको पछिल्लो ५ खेलमध्ये ५ खेल जितेको छ । ट्युनिसियाले विश्वकपमा १७औं खेल खेल्दा अष्ट्रेलिया १५औं फरक प्रतिद्धन्द्धी टोली हो ।
ट्युनिसियाले विश्वकपमा १६ खेल खेल्दा २ जित, ५ बराबरी र ९ हारको नतिजा निकालेको छ । यता, अष्ट्रेलियाले १७ खेल खेल्दा २ जित, ४ बराबरी र ११ हारको नतिजा निकालेको छ ।
ट्युनिसियासँग युसुफ साक्नी, इसाम जेबाली, अनिस बेन स्लिमाने, अलि अब्दी, आइस लाइदुनी, मोहमद ड्रागर, यासिन मेरिआ, डिलान ब्रोन र गोलरक्षक एमेन दाहमेन रहेका छन् ।
अष्ट्रेलियासँग अजिज बेहिच, काए रोवल्स, ह्यारी सटर, नथानिएल एट्किन्सन, आरोन मोय, ज्याकसन अर्भाइन, राइली मक्ग्री, अवेर माविल, जेमी मक्लारेन, मिचेल ड्युक, मार्टिन बोयल र क्रेग गुडविन रहेका छन् ।
गाराङ कोल (१८ वर्ष ६८ दिन) अस्ट्रेलियाका लागि विश्वकप खेल्ने सबैभन्दा कान्छो खेलाडी र विश्वकपको इतिहासमा समग्रमा नवौं कान्छो खेलाडी बनेका छन् । गाेलरक्षक म्याथ्यु रायन र फरवार्ड म्याथ्यू लेकीले अष्ट्रेलियाका अनुभवी खेलाडी हुन् । उनीहरुले अष्ट्रेलियाबाट सात खेल खेलिसकेका छन् । मार्क ब्रेसियानो र टिम काहिलले विश्वकपमा ९ खेल खेलिसकेका छन् ।
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]