default_image

2 years ago

November 25, 2022

आयोजक कतार समूह चरणबाटै बाहिरियो

141 views

0 Bookmark

सुबास हुमागाईं, कतार

फिफा विश्वकप २०२२ को आयोजक टोली कतार समूह चरणबाट नै बाहिरिएको छ । समूह ए मा शुक्रबार लगातार दोस्रो हार बेहोरेको कतार अंकविहिन हुँदै बाहिरिएको हो ।

आइतबार भएको उद्घाटन खेलमा इक्वेडरसँग २-० ले पराजित हुँदै कतारले खराब सुरुवात गरेको थियो । यसक्रममा कतार विश्वकपको उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टोली समेत बन्यो । सन् १९७० मा मेक्सिकोपछि उद्घाटन खेलमा गोल नगर्ने टोली बनेको कतारले दोस्रो खेलमा भने गोलको खाता खोलेको थियो ।

कतारका लागि सेनेगलविरुद्ध ३-१ को हारमा शुक्रबार अल थुमामा रंगशालामा मोहमद मुन्टारीले गोल गरे । उनले वैकल्पिक खेलाडीको रुपमा गोल गर्दै विश्वकपमा कतारको गोलको खाता खोलेका थिए । यसक्रममा कतार फिफा विश्वकप इतिहासमा गोल गर्ने ७५ औं राष्ट्र पनि बन्यो ।

समूह ए मा आजै भएको अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच १-१ को बराबरी भएपछि कतार समूह चरणबाट नै बाहिरिएको हो । सन् २०१० मा दक्षिण अफ्रिकापछि कतार नकआउट चरण नपुग्ने राष्ट्र बनेको छ । यस्तै समूहको दुई खेल हार्ने कतार पहिलो आयोजक राष्ट्र बन्यो ।

कतार विना कुनै अंक समूहको पुछारमा छ । नेदरल्यान्ड्स र इक्वेडरको ४-४ तथा सेनेगलले ३ अंक जोडेको छ । कतारले अब अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.