2 years ago
November 25, 2022
एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमारसँगै डिफेन्डर डानिलोले कतारमा जारी फिफा विश्वकपको समूह चरणका बाँकी दुई खेल गुमाउने भएका छन् ।
सर्वियाविरुद्ध २–० को जित निकालेको खेलमा नेयमारले दाया खुट्टामा चोट बोक्दै मैदानबाट बाहिरिनु परेको थियो । ब्राजिली टोलीका चिकित्सक रोड्रिगो लास्मारले नेयमारले कम्तीमा पनि दुई खेल गुमाउने बताएका छन् ।
सर्वियन डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकलका कारण एंकलमा चोट बोकेपछि नेयमारलाई ८०औं मिनेटमा परिवर्तन गरिएको थियो । नेयमार परिवर्तन गरेपछि बेन्च पुग्दा रोइरहेको देखिन्थे । उपचारको क्रममा नेयमार अनुहार छोपेर बसेका थिए र तस्वीरमा उनको दाहिने खुट्टा सुन्निएको देखाइएको थियो ।
यस्तै राइट ब्याक ड्यानिलोले पनि खुट्टाको चोटकै कारण अर्को दुई खेल गुमाउने छन् । ब्राजिलले सोमबार स्वीट्जरल्यान्डसँग तथा शुक्रबार क्यामरुनसँग खेल्ने तालिका छ । ब्राजिल दुवै खेलाडी नकआउट चरणका लागि मैदानमा फर्कने विश्वासमा छ । तर, त्यसका लागि ब्राजिलले समूह चरण पार गर्नुपर्ने हुन्छ ।
‘नेयमार र डानिलोले शुक्रबार एमआरआई गराएका थिए र हामीले दुबैको खुट्टामा लिगामेन्टमा क्षति भएको देख्यौं ।’ ब्राजिल टोलीका चिकित्सक रोड्रिगो लास्मारले भने, ‘यो खासै ठुलो समस्या होइन । केही दिन आराम गर्नुपर्ने हुन्छ । उनीहरु यसै साताभित्र नै खेलमा फर्किनेछ ।’
सर्वियाविरुद्धको जितपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले नेयमारले आगामी खेल खेल्न सक्नेमा विश्वस्त थिए । तर, एमआरआई रिपोर्टमा उनीहरुले कम्तीमा पनि एक साता आराम गर्नुपर्ने भएको छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले विगत केही वर्षयता सोही स्थानमा चोट बोक्दा मैदान बाहिर रहेका थिए । उनले २०१९ कोपा अमेरिका र २०२१ मा पनि केही खेल गुमाएकाथिए ।
नेयमार जारी विश्वकपको एकै खेलमा सर्वाधिक फल गरिएका खेलाडी पनि बने । सर्बियाविरुद्ध ८० मिनेट मैदानमा रहँदा उनीविरुद्ध ९ फल भएको थियो ।
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]