2 years ago
November 25, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच मा ब्राजिलले विजयी सुरुवात गर्यो । फरवार्ड रिचार्लीसनको दुई गोलमा सर्बियालाई २-० ले पराजित गर्दै ब्राजिलले ३ अंक जोड्यो । तर खेलपछि चर्चाको विषय भने नेयमार रहे ।
सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकलका कारण एंककलमा चोट बोकेपछि नेयमारलाई ८० औं मिनेटमा परिवर्तन गरिएको थियो । नेयमार परिवर्तन गरेपछि बेन्च पुग्दा रोइरहेको देखिन्थे । बेन्चमा रहँदा उनले निरन्तर आइस लगाए । खेलपछि मैदान छाड्ने क्रममा उनको दायाँ खुट्टा एंकल सुन्निएको थियो ।
खेलपछि बोल्दै ब्राजिलका टिम डाक्टर रोड्रीगो लास्मारले नेयमारको अवस्थाबारे अहिले केहि भन्न नसकिने बताए । उनले शुक्रबार सुन्निएको बसेपछि थप परिक्षण गरेर मात्र चोटको प्रकृतिबारे थाहा हुने बताए ।
यता ब्राजिलका प्रशिक्षक टिटेले नेयमारका लागि विश्वकप समाप्त नभएको बताए । ‘हामी विश्वस्त छौं नेयमारले विश्वकपमा खेल्नेछन् । ‘हामीलाई विश्वास छ नेयमारले विश्वकपमा खेल्नेछन्,’ नेयमारको चोटबारे उनले भने, ‘मैले सुरुवातमा उनलाई चोट लागेको देखेको थिइनँ । उनले कति सम्म थेग्न सक्छन् भन्ने म आफैं सोच्न सक्दिन ।’
नेयमारको दायाँ खुट्टाको एंकलले यसअघि पनि दुख दिएको इतिहास छ । सन् २०१९ मा कोपा अमेरिका दौरान पनि उनलाई सोहि चोटले सताएको थियो । सन् २०२१ मा पनि उनी केहि साता मैदानबाहिर थिए । नेयमार जारी विश्वकपको एकै खेलमा सर्वाधिक फल गरिएका खेलाडी पनि बने । सर्बियाविरुद्ध ८० मिनेट मैदानमा रहँदा उनीविरुद्ध ९ फल भएको थियो ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]