default_image

2 years ago

November 25, 2022

इंग्ल्यान्डलाई अमेरिकाको चुनौती

136 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘बी’ को दोस्रो चरणको खेलमा इंग्ल्यान्ड र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल राति १२ः४५ बजेपछि अल बायत स्टेडियममा हुनेछ । पहिलो खेलमा इरानलाई ६–२ ले हराएर बलियो सुरुवात गरेको इंग्ल्यान्ड अमेरिकालाई हराउँदै लगातार दोस्रो जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो पार्न चहान्छ ।

तर, विश्वकपमा यि दुई टोलीबीच दुईपटक प्रतिस्पर्धा हुँदा इंग्ल्यान्डले जित निकाल्न सकेको छैन । अमेरिकाले सन् १९५० मा ब्राजिलमा भएको विश्वकपमा इंग्ल्यान्डलाई १–० ले हराएको थियो । त्यसपछि २०१० को विश्वकपमा १–१ गोलको बराबरी खेलेको थियो ।

यता, पहिलो खेलमा अग्रता जोगाउन नसक्दा वेल्ससँग १–१ गोलको बराबरीमा रोकिएको अमेरिका इंग्ल्यान्डलाई स्तब्ध पार्दै समूह ‘बी’ मा नकआउट पुग्ने सम्भावना जीवितै राख्न चहान्छ ।

इंग्ल्यान्डले सन् १९८२, २००६ र २०१८ को विश्वकपमा सुरुवाती दुई खेलमै जित निकालेको इतिहास छ । इंग्ल्यान्ड २०१८ मा जस्तै समुह चरणको सुरुवाती दुई खेलमै जित निकाल्ने लक्ष्यमा हुनेछ ।

इंग्ल्यान्डले लगातार पाँचौपटक विश्वकपको समूह चरणमा कन्काफ टोलीको समाना गरिरहेको छ । २००६ मा ट्रिनिडाड एण्ड टोबागो (२–०), २०१० मा अमेरिका (१–१), २०१४ मा कोस्टा रिका (०–०) र २०१८ मा पानामा (६–१) सँग प्रतिस्पर्धा गरेको थियो ।

इंग्ल्यान्ड फिफा विश्वकपमा ऐतिहासिक १ सय गोल नजिक छ । इंग्ल्यान्डले हालसम्म विश्वकपमा ७० खेलमा ९७ गोल गरिसकेको छ ।

यता, अमेरिकाले विश्वकपको समूह चरणमा सात खेल खेल्दा एकमा मात्रै हार बेहोरेको छ । अमेरिकाले युरोपेली प्रतिद्धन्द्धीविरुद्ध समूह चरणमा ६ खेलमध्ये पाँच खेलमा बराबरीको नतिजा निकालेको छ । अमेरिकाले विश्वकपमा ३४ खेल खेल्दा ८ जित, ७ बराबरी र १९ खेलमा हार बेहोरेको छ ।

यि दुई टोलीबीच हालसम्म ११ पटक भेट हुँदा इंग्ल्यान्डले ८ खेलमा जित निकालेको छ । १ खेल बराबरीमा सकिदा दुई खेल अमेरिकाले आफ्नो पक्षमा पारेको छ । यि दुई टोलीबीच पछिल्लोपटक सन् २०१८ मा प्रतिस्पर्धा हुँदा इंग्ल्यान्डले ३–० को सहज जित हात पारेको छ ।

इंग्ल्यान्डसँग यो सिजनमा लयमा रहेका बुकायो साका र जुड बेलिंघमसँगै ह्यारी केन, जोर्डन पिकफर्ड, ह्यारी मगाएर, लुक शा, जोन स्टोन्स, काइल वाल्कर, काइरान ट्रिपिएर, डेक्लन राइस, मेसन माउन्ट फिल फोडेन, ज्याक ग्रिलिस, रहिम स्टर्लिङ र मार्कस रासफर्ड रहेकाछन् ।

यता, अमेरिकासँग म्याट टर्नर, सर्जिनो डेस्ट, वाल्कर जिम्मरम्यान, टिम रिम, एन्टोनी रबिन्सन, टाइलर एडम्स, वेस्टन मकेनी, युनुस मुसा, क्रिस्टियन पुलिसिच, जिओ रेइना, जश सार्जेन्ट र टिम वेह लगायतको खेलाडीको साथ रहेको छ ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.