2 years ago
November 25, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल राति ९ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । पहिलो खेलमा सफलता पाएको दुवै टोली लगातार दोस्रो सफलता हात पार्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेदरल्यान्ड्सले सेनेगललाई तथा इक्वेडरले कतारलाई समान २–० ले पराजित गरेको थियो ।
खेलको अन्तिम समयतिर कोडी गाक्पो र डेभी क्लासेनले गोल गरेपछि नेदरल्यान्ड्सले सेनेगललाई हराउँदै फिफा विश्वकपको समूह चरणमा लगातार सातौं जित हात पान सफल भएको थियो ।
नेदरल्यान्ड्सले आफ्नो पछिल्लो तीन विश्वकप (२००६, २०१० र २०१४) मा सुरुवाती दुई खेल जितेको छ । नेदरल्यान्ड्सले फिफा विश्वकपमा समूह चरणका ३१ मध्ये दुई खेल मात्र हारेको छ । नेदरल्यान्ड्स सन् १९७८ मा समूह चरणको दोस्रो खेलमा स्कटल्यान्ड र सन् १९९४मा बेल्जियमसँग दोस्रो राउन्डमै पराजित भएको थियो ।
इक्वेडर पनि आफ्नो पछिल्लो तीन विश्वकप खेलमा दुई जित र एक बराबरीसहित अपराजित छ । एनर भ्यालेन्सिया इक्वेडरबाट पछिल्ला पाँच विश्वकपको खेलमा गोल गर्ने खेलाडी हुन् ।
नेदरल्यान्ड्सले विश्वकपमा ५१ खेल खेल्दा २८ जित, १२ बराबरी र ११ हारको नतिजा निकालेको छ । सन् १९९८ मा उत्तर कोरियामाथि पाएको ५–० को जित नेदरल्यान्ड्सले विश्वकपमा पाएको फराकिलो जित हो । सन् १९३८ मा चेकोस्लाभाकियासँगको ३–० को हार विश्वकपमा फराकिलो हार हो ।
यता, इक्वेडरले विश्वकपमा ११ खेल खेल्दा ५ जित, १ बराबरी र ५ हारको नतिजा निकालेको छ । २००६ को विश्वकपमा कोस्टा रिकामाथिको ३–० को जित ठुलो जित र २००६ मै जर्मनीसँग ३–० ले पराजित भएको खेल विश्वकपमा फराकिलो हार हो ।
नेदरल्यान्ड्स र इक्वेडरबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । यि दुई टोली हालसम्म दुईपटक आमाने–सामाने हुँदा नेदरल्यान्ड्स अपराजित छ । २००६ मा १–० ले विजयी नेदरल्यान्ड्स पछिल्लोपटक सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा १–१ गोलको बराबरीमा रोकिएको थियो । त्यसयता यि दुई टोली पहिलोपटक भिड्न लागेको हो ।
नेदरल्यान्ड्सँग एन्द्रिज नोपर्ट, नाथन आके, डेली ब्लिन्ड, भर्जिल भान डाइक, डेन्जेल डम्फ्रिज, जेरेमी फ्रिमपोङ, म्याथिस डे लिग्ट, स्टेफान डे भ्रिज, स्टिभन बर्घिअस, फ्रेन्की डे जोङ, डाभी क्लासेन, स्टिभन बर्गवाइन, मेम्फिस डिपाए, कोडी गाक्पो, भिन्सेन्ट जानसन र लुक डे जोङ रहेका छन् ।
यता इक्वेडरसँग हर्नान गालिन्डेज, पर्भिस एस्टुपिनान, पिएरो हिनकापी, फेलिक्स टोरेस, एन्जेलो प्रेसियाडो, मोइसेस काइसेडो, जेग्सन मेन्डेज, एर्टन प्रेसियाडो, रोमारियो इवारा, माइकल एस्ट्राडा र एनर भ्यालेन्सिया रहेका छन् ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]