default_image

2 years ago

November 24, 2022

प्रशिक्षक मोरियासुको रणनीतिले खोलेको नकआउट चरणको ढोका

248 views

0 Bookmark

सुबास हुमागाईं, कतार

फिफा विश्वकप कतार २०२२ को समूह चरणमा जर्मनी र स्पेन आफ्नै समूहमा रहेपनि प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि प्रस्थान गर्नुअघि क्वाटरफाइनलमा पुग्ने लक्ष्य राखेका थिए । बुधबार चार पटकको च्याम्पियन जर्मनीलाई पराजित गरेपछि उनको उक्त लक्ष्य सम्भव देखिएको छ ।

खलिफा रंगशालामा जापानका लागि पहिलो हाफ सम्झनलायक थिएन । जर्मनीले एकपछि अर्को आक्रमण बुन्दै जापानी डिफेन्सलाई व्यस्त राख्यो । गोलरक्षक शुइची गोन्डाको उच्च प्रदर्शन नहुँदो हो त जापान पहिलो हाफमा फराकिलो अन्तरले पछि पर्ने थियो । जर्मनीले पाएको पेनाल्टीमा गल्ती गर्नुबाहेक गोन्डाले खेलमा ‘पर्फेक्ट १०’ प्रदर्शन गरे ।

दोस्रो हाफमा जर्मनी १-० को अग्रतामा रहँदा उनले लगातार चार बचाउ गर्दै खेलमा फर्कने सम्भावना जीवित राखेका थिए । जापानका सबै डिफेन्डर सर्ज नाब्रीविरुद्ध अफसाइड माग गरिरहँदा गोन्डाले भने आफ्नो जिम्मेवारी पूरा गरे । उक्त बचाउपछि नै जापानको खेलमा फर्कने बाटो खुलेको थियो । खेलमा उनी प्लेयर अफ द म्याच चुनिनुले पनि उनको प्रदर्शनको महत्त्व झल्काउँछ ।

त्यसो त प्रशिक्षक मोरियासुको रणनीतिक परिवर्तनले पनि खेलको अवस्था मोडेको थियो । आफ्नो टोलीको बलियो पक्ष मात्र होईन, उनले विपक्षीको खेल अनुसार आफ्नो टोलीलाई उतारे । जर्मन लिगको अनुभव बोकेका दुई आक्रामक खेलाडीले बेन्चबाट मैदान छिरेर प्रभाव जमाए । जर्मनीको खेलाडी परिवर्तन अनुसार उनले आफ्नो टोली तयार पारेको देखिन्थ्यो ।

पहिलो हाफमा कमजोर देखिएको मिडफिल्ड मजबुत बनाउन उनले ताकेहिरो तोमियासुलाई मैदान पठाए । ३ सेन्टर डिफेन्स र दुई विंगब्याक सहितको जापानले जर्मन डिफेन्सलाई थोरै भएपनि समस्या दिन थाल्यो । जब जर्मनीले मिडफिल्डर इल्काए गुन्डोगन निकाल्यो, तब जापानी प्रशिक्षकले पुन: ४ डिफेन्डरसहित मिडफिल्डमा खेलाडी बढाए ।

मोरियासुले आक्रमणमा जम्न नसकेका डेजन माएदा र तानाका आओलाई बाहिर निकाल्दै ताकुमा असानो र रित्सु डोआनलाई मैदान पठाए । यी दुईको गतिविरुद्ध जर्मन डिफेन्स सम्हालिन सकेन । दोस्रो हाफमा मैदान छिरेका फ्रेस खेलाडीविरुद्ध जर्मन डिफेन्स पटक पटक बिट भएको थियो । असानोले तीन अवसरमा राम्रो प्रहार गर्न नसक्दा जापान खेलमा फर्केको थिएन । तर अन्तत: नोएरको दृढता लामो समय टिकेन र जर्मनी बराबरी गोल खान पुग्यो ।

जापान यतिमै रोकिएन । रक्षात्मक खेल्नुभन्दा एक फरवार्डलाई माथि नै राखेर लामो बल खेल्दै जर्मन डिफेन्सलाई समस्या दिइरह्यो । नतिजा इताकुराको लामो बलमा असानोले आफ्नो गति र शक्ति प्रयोग गर्दै पेनाल्टी क्षेत्रभित्र गोल गरे । जर्मन डिफेन्सका केहि खेलाडी अफसाइड माग गरिरहँदा जापानी खेलाडी खुसी मनाइरहेका थिए ।

खेलपछि मोरियासुले पहिलो खेलको नतिजा महत्त्वपूर्ण भएपनि सबैथोक नभएको बताए । ‘पहिलो खेल महत्त्वपूर्ण हुन्छ । तर यो नतिजा सबैथोक भने होइन’, उनले भने, ‘हाम्रो ध्यान हरेक खेलपिच्छे हुनेछ । मेरो काम टोलीलाई स्थिर राख्नु हो र नतिजाले असर पर्नु हुँदैन ।’

समूह ई मा जापान र स्पेनको ३-३ अंक छ । जापानले अब अर्को खेलमा कोस्टारिका तथा जर्मनीले स्पेनको सामना गर्नेछ । स्पेनले जर्मनीविरुद्ध जित हासिल गर्दै जापान पनि विजयी भएको अवस्थामा एसियाली टोली नकआउट चरणमा प्रवेश गर्नेछ ।

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

Success

Thank you for your time.