default_image

2 years ago

November 24, 2022

सर्वियासँग सचेत ब्राजिल

293 views

0 Bookmark

एजेन्सी – पाँच पटकको विश्वविजेता ब्राजिलले आज (बिहीबार) सर्वियासँग खेल्दै फिफा विश्वकप कतार २०२२ को सुरुवात गर्दैछ ।

खेल कतारको दोहास्थित लुसेल आइकोनिक स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । सर्वियाविरुद्ध मैदान उत्रदा स्टार खेलाडीले भरिएको ब्राजिल सचेत रहँदै स्पष्ट जितको लक्ष्यमा हुनेछ ।

ठुला प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेपनि सर्विया अन्डरडग टोलीको रुपमा रहेको छ । त्यसैले ब्राजिल सर्वियाविरुद्ध सचेत रहनेछ । ब्राजिल २०२१ मा भएको कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता ब्राजिल १५ खेलसम्म अपराजित छ । जसमा १२ जित र ३ बराबरीको नतिजा छ । ब्राजिल यही जित र अपराजित यात्रालाई थप लम्ब्याउन चहान्छ ।

आक्रमण र मिडफिल्डमा मजवुत देखिएको ब्राजिलको डिफेन्स लाइन भने केही कमजोर छ । अग्रपङ्तिमा नेयमारसँगै राफिन्हा, रिचार्लीसन, भिनिसियस जुनियर, रोड्रिगो, गाब्रियल जेसस, एन्टोनी र ग्राबियल मार्टिनेली रहेका छन् ।

मिडफिल्डमा क्यासेमिरो, फाविन्हो, लुकास पाक्वेटा, ब्रुनो गुइमारेस रहँदा डिफेन्समा ड्यानी आल्भेस, थियागो सिल्भा, डोनिलो, मार्किन्हस र एडर मिलिसाओ रहेका छन् । गोलकिपरमा प्रिमियर लिग खेलिरहेका एलिसन बेकरसँगै एडर्सन मोराएस र वेभर्टन रहेका छन् ।

यता, युरोपेली छनोटबाट पोर्चुगलजस्तो बलियो टोलीबाट समूह विजेता बनेको सर्विया जारी विश्वकपमा अर्काे स्तब्धपूर्ण नतिजा निकाल्ने योजनामा हुनेछ । डुसान भ्लाहोभिचसँगै एलेक्सान्डर मित्रोभिच, लुका जोभिच, डुसान टाडिच, फिलिप कोस्टिक, निकोला मिलिन्कोभिच, नेमान्जा गुडेज, मार्काे ग्रुजिच र गोलरक्षक मार्काे डिमिट्रोभिच टोलीमा मुख्य खेलाडी हुन् ।

सर्विया पनि गत जनवरीमा नर्वेसँग १–० पराजित भएयता पछिल्लो ६ खेलमा अपराजित छ । यसमा सर्वियाले स्लोभेनियासँग २–२ गोलको बराबरी खेल्दा अरु ५ खेलमा जित निकालेको छ ।

यि दुई टोली तेस्रोपटक खेल्न लागेको हो । यसअघिको दुवै भेटमा ब्राजिलले जित निकालेको छ । यि दुईलेपछिल्लोपटक सन् २०१८ को विश्वकपमा समूह चरणमा नै प्रतिस्पर्धा गर्दा ब्राजिलले २–० को सहज जित निकालेको थियो । त्यसअघि २०१४ मा भएको मैत्रीपूर्ण खेलमा पनि ब्राजिल १–० ले विजयी भएको थियो ।

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]

Success

Thank you for your time.