2 years ago
November 24, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (बिहीबार) समूह ‘जी’ र ‘एच’ का विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । यससँगै समूह चरणको पहिलो राउन्डको खेल सकिनेछ ।
आज उपाधिको दावेदारको रुपमा हेरिएको पोर्चुगलले अफ्रिकी प्रतिद्धन्द्धी घानाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ः४५ बजे स्टेडियम ९७४ मा हुनेछ । स्टार र चर्चित खेलाडीले भरिएको पोर्चुगल घानालाई हराएर विश्वकपमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।
टोलीसँग भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेस, बर्नाडो सिल्भा, राफायल लियो, रुवेन नेभेस, विलियम कार्भाल्हो, नुनो मेन्डेस, रुवेन डियास, जोओ क्यान्सेलो र गोलरक्षक डिएगो कोस्टा रहेका छन् । यसबाहेक टोलीसँग आन्द्रे सिल्भा, जोआओ फेलिक्स, भिटिन्हा, जोओ मारियो, डिएगो डालोट, राफयल गुरेइरो, पेपे र रुई प्याट्रिसियो पनि रहेका छन् ।
यता, यस विश्वकपमा दुई अप्रत्यासित नतिजा निस्किसक्दा घाना पनि पोर्चुगललाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ । टोलीसँग इनाकी विलियम्स, मोहम्मद कुडुस, जोर्डन एयु, तरिक लाम्टे र थोमस पार्टेलगायतको नाम चलेका खेलाडीको साथ छ ।
पोर्चुगलको पछिल्ला खेलमा राम्रो नतिजा निकाल्न सकेको छैन । पछिल्लो चार खेलमा पोर्चुगलले २ जित र २ हारको नतिजा निकालेको छ । यस्तोमा पोर्चुगल घानालाई हराएर जितको लयमा फर्कन चहान्छ ।
यि दुई टोलीले पछिल्लोपटक २०१४ को विश्वकपमा समूह चरणमै प्रतिस्पर्धा गर्दा पोर्चुगल २–१ ले विजयी भएको थियो । पोर्चुगल सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा घाना उक्त हारको बदला लिने योजनामा हुनेछ ।
March 10, 2025
एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]