default_image

2 years ago

November 24, 2022

एनी चर्च ब्वाइजको किट्स पार्टनर

389 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको नव प्रवेशी क्लब चर्च ब्वाईज युनाईटेडले किट्स पार्टनरको रुपमा एनी ब्राण्डसँग सम्झौता गरेको छ ।

चर्च ब्वाइजले नेपाली खेलकुद पोशाक उत्पादक कम्पनी एनीसँग बुधबार एक वर्षको लागि किट्स पार्टनरको रुपमा सम्झौता गरेको हो। सम्झौतामा क्लबका अध्यक्ष टंकलाल राई, उपाध्यक्ष जनारञ्जन देवकोटा र एनीका अध्यक्ष सन्तोष थोप्रा र काठमाडौं मार्केटिङ प्रतिनिधि विजय प्रधानले हस्ताक्षर गर्दे आदान–प्रदान गरे ।

सम्झौतासँगै एनीले चर्च ब्वाइजलाई २५ लाख रुपैयाँ बराबरको किट्स उपलब्ध गराउनेछ । यस्तै चर्च ब्वाइजले हरेक कार्यक्रममा एनीलाई अघि सार्नेछ ।

चर्च ब्वाइज ‘बी’ डिभिजन लिगको च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो । ‘ए’ डिभिजन लिग पुसमा सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको छ ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.