2 years ago
November 24, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा उरुग्वे र दक्षिण कोरिया भिड्दैछन् । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे एजुकेसन सिटी रंगशालामा हुनेछ ।
हालसम्म विश्वकपमा दुई पटक खेलेका यी टोलीबीच उरुग्वेले दुवै खेलमा जित निकालेको छ । सन् १९९० मा १-० ले विजयी उरुग्वेले सन् २०१० मा २-१ को जित दर्ता गरेको थियो । उरुग्वे १४ औं पटक विश्वकप खेल्दैछ भने कोरिया लगातार दशौं संस्करणका लागि छनोट भएको हो ।
सन् १९३० र १९५० को विजेता उरुग्वेले सन् २०१० मा सेमिफाइनल र सन् २०१८ मा क्वाटरफाइनल यात्रा तय गरेको थियो । टोलीका ४ खेलाडी चौथो विश्वकप खेलिरहेका छन् । आक्रमणमा लुइस सुआरेज र एडिन्सन काभानीसँगै डार्विन न्युनेजको उपस्थितिले टोलीलाई बलियो बनाएको छ ।
कोरियाले पछिल्लो दुई संस्करणमा समूह चरण पार गर्न सकेको छैन । सन् २००२ मा सह-आयोजकको भूमिका रहँदा सेमिफाइनल पुगेको टोली सन् २०१० मा नकआउट चरण पुग्न सफल रहेको थियो । यसपटक विश्व स्टार ह्युङ मिन सनको साथ टोलीलाई छ । अनुहारमा चोट लागेपछि शल्यक्रिया गरेका उनी सुरक्षा मास्क लगाएर खेल्नेछन् ।
अन्तर्राष्ट्रिय खेल यी दुईबीच ८ पटक भेट भएको छ । उरुग्वेले ६ खेल जित्दा कोरिया एक खेलमा मात्र जित निकाल्न सफल भएको छ । १ खेल भने बराबरीमा सकिएको छ । सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा कोरियाले एकमात्र जित हासिल गरेको थियो ।
हालसम्म विश्वकपमा उरुग्वेले ५६ खेल खेल्दा २४ जित, १२ बराबरी र २० हार भोगेको छ । कोरियाले ३४ खेल खेल्दा ६ जित, ९ बराबरी र १९ हार बेहोरेको छ ।
अन्तिम टोली :
उरुग्वे :
गोलरक्षक : सर्जियो रोसे, फर्नान्डो मुस्लेरा, सबास्टियन सोसा
डिफेन्डर : डिएगो गोडीन, जोसे मारिया जिमिनेज, रोनाल्ड अराउजो, सबास्टियन कोआटेस, मार्टिन कासेरेस, माथिअस ओलिभिएरा, गिलेर्मो भारेला, जोसे लुइस रोड्रीग्वेज, माटीयास भिना
मिडफिल्डर : फेडे भालभेर्डे, रोड्रीगो बेन्टान्कुर, माटीआस भेचिनो, लुकास टोरेरा, म्यानुएल उगार्टे, निकोलस डे ला क्रुज, जर्जियन डे आरास्केता, फाकुन्डो पेलिस्त्री, फाकुन्डो टोरेस, अगुस्टिन कनोबियो
फरवार्ड : लुइस सुआरेज, एडिन्सन काभानी, डार्विन न्युनेज, म्याक्सिमिलियन गोमेज
दक्षिण कोरिया :
गोलकिपर : किम स्युङ–ग्यु, जो ह्योन यु, सङ बुम–क्युन
डिफेन्डर : किम मिन जे, किम योङ ग्वोन, क्वोन क्युङ वोन, चो यु मिन, किममुन ह्वान, युन जोङ ग्यु, किम ताइ ह्वान, किम जिन सु, होल चुल
मिडफिल्डर : जोङ वु योङ, सान जुन हो, पाइक सुङ हो, ह्वाङ इन बुम, लि जेसुङ, क्वोन चाङ हुन, ज्योङ वु योङ, लि काङ इन, ना साङ हो, सङ मिन क्यु
फरवार्ड : सन ह्युङ मिन, ह्वाङ ही चान, ह्वाङ यी जो, चो ग्वी सुङ
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]