default_image

2 years ago

November 24, 2022

बेल्जियमको विजयी सुरुवात

229 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत बेल्जियमले विजयी सुरुवात गरेको छ । समूह एफ को खेलमा बेल्जियमले क्यानडालाई १-० ले पराजित गरेको हो ।

अहमद बिन अली रंगशालामा बेल्जियमका लागि मिसी बासुआईले दोस्रो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । क्यानडाले तुलनात्मक रुपमा आक्रमणमा बढी अवसर सिर्जना गरेपनि फिनिसिङमा निकै फितलो सावित भयो ।

खेलको ११ अ‍ौं मिनेटमा क्यानडाले अग्रता लिने सुवर्ण अवसर गुमायो । यानिक करास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले भिडियो एसिसेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । तर अल्फोन्सो डेभिसको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले विफल पारे ।

३१ अ‍ौं मिनेटमा जोनाथन डेविडको प्रहारमा पनि कोर्टुवा नै बाधक बने । लगत्तै अर्कोतर्फ डे ब्रुएनको पासमा मिसी बासुआइले बललाई राम्रो प्रहार गर्न सकेनन् ।

खेलको ४४ अ‍ौं मिनेटमा बासुआइले गोेल गर्दै बेल्जियमलाई अग्रता दिलाए । उनले टोबी एल्डरवेरल्डको लामो पासमा अफसाइड ट्र्याप बिट गरेपछि पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोल गरेका थिए ।

दोस्रो हाफमा बेल्जियमले दुई खेलाडी परिवर्तन गरेपछि प्रदर्शनमा सुधार आएको थियो । तर क्यानडाले काउन्टरमा आफ्नो प्रयास जारी राख्यो । ७९ अ‍ौं मिनेटमा काइल लारिनको हेडरलाई कोर्टुवाले डाइभ दिँदै बचाए ।

८६ अ‍ौं मिनेटमा डे ब्रुएनले मिडफिल्डबाट अघि बढाउँदै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बाहिरियो ।

बेल्जियमले यस जितसँगै ३ अंक जोडेको छ । क्रोएसिया र मोरक्कोको १-१ अंक छ । यस‌ समूहको पहिलो खेलमा क्रोएसिया र मोरक्कोले गोलरहित बराबरी खेलेका थिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.