default_image

2 years ago

November 23, 2022

पहिलो खेलमै स्पेनद्वारा गोलको वर्षा

347 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत स्पेनले समूह ई को दोस्रो खेलमा कोस्टारिकामाथि गोलको वर्षा गरेको छ । अल थुमामा रंगशालामा प्रतियोगिताको पहिलो खेल खेलिरहेको स्पेनले ७-० को सानदार जित दर्ता गर्यो ।

स्पेनले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल गरेको थियो । बल पोसेसन राख्नका लागि माहिर स्पेनले आक्रमणमा नियमित खेलाडी परिवर्तन गर्ने रणनीति बनाएको थियो । त्यसैको फलस्वरुप स्पेनका ६ फरक खेलाडीले गोल गरे । फेरान टोरेसले २ गोल गर्दा गाभी, ड्यानी ओल्मो, अल्भारो मोराटा, कार्लोस सोलेर र मार्को एसेन्सियोले १-१ गोल गरे ।

खेलको ११ औं मिनेटमा ओल्मोले स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । गाभीले दिएको पासलाई ओल्मोले गोलमा परिणत गर्दै विश्वकपमा स्पेनका लागि गोलको शतक समेत पूरा गरेका थिए ।

२१ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पार्यो । जोर्डी अल्बाको क्रसमा एसेन्सियोको प्रहार गोल भएको थियो । गोलरक्षक केलर नाभासको बचाउने प्रयास सफल नहुँदा स्पेन २-० ले अघि बढेको थियो ।

३१ औं मिनेटमा स्पेनले पेनाल्टीमार्फत गोल थप्यो । अल्बालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा फेरान टोरेसले गोल गरे ।

दोस्रो हाफको ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गरे । उनले पेनाल्टी क्षेत्र भित्र डिफेन्डरको दबाब चिर्दै गोल गरेका थिए ।

७४ औं मिनेटमा टिनएज मिडफिल्डर गाभीले गोल गरे । उनले अल्भारो मोराटाको चिप पासलाई पेनाल्टी क्षेत्र बाहिरबाट आउटसाइड फुटले प्रहार गरेका थिए । उनको प्रहार पोस्टमा लाग्दै गोल भएको थियो ।

९० औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै स्पेनको आधा दर्जन गोल पुर्याए । इन्ज्युरी समयमा मोराटाले ओल्मोको पासको सदुपयोग गर्दै ७-० को अग्रता दिलाए ।

फराकिलो जितसँगै स्पेन समूहको शीर्ष स्थानमा उक्लिएको छ । स्पेन र जापानको समान ३-३ अंक छ । जापानले यसअघि समूहको पहिलो खेलमा जर्मनीलाई २-१ ले हराएको थियो ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.