default_image

2 years ago

November 24, 2022

स्विटजरल्यान्ड र क्यामरुन भिड्दै

224 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी मा विहीबार स्विटजरल्यान्डले अफ्रिकी राष्ट्र क्यामरुनको सामना गर्दैछ । खेल दिउँसो ३:४५ बजे अल जनौब रंगशालामा हुनेछ ।

छनोटमा विश्वकपको पूर्व विजेता इटालीलाई पन्छाउँदै आएको स्विटजरल्यान्ड पुरानै लय कायम राख्ने सुरमा हुनेछ । स्विटजरल्यान्ड १२ औं पटक विश्वकप खेल्दैछ । सन् २००६ यता लगातार छनोट भएको टोलीले समूह चरणका पछिल्लो १२ मध्य २ खेल मात्र हारेको छ । पछिल्लो ४ समूह चरण खेलमा टोली अपराजित छ ।

क्यामरुन विश्वकप खेल्न लागेको यो आठौं अवसर हो । पछिल्लो संस्करणमा छनोट हुन नसकेको टोली विश्वकपमा खराब लयलाई टुंग्याउन चाहन्छ । क्यामरुनले विश्वकपमा पछिल्लो ७ खेल हारेको छ ।

यी दुई टोलीबीच अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक भेट हुन लागेको हो । स्विस टोलीले पछिल्लो पाँच विश्वकपमा पहिलो खेल हारेको छैन । पछिल्लो ५ सहभागितामा ४ पटक टोलीले समूह चरण पार गरेको छ ।

क्यामरुन विश्वकपमा सर्वाधिक खेल खेल्ने टोली हो । हालसम्म ३७ खेल खेल्दा टोलीले १२ जित, ८ बराबरी र १७ हारको नतिजा निकालेको छ । यता स्विटजरल्यान्डले २३ खेलमा ४ जित, ७ बराबरी र १२ हार बेहोरेको छ ।

अन्तिम टोली :

स्वीट्जरल्यान्ड :

गोलरक्षक : यान सोमर, जोनास ओम्लिन, ग्रेगोर कोबेल, फिलिप कोह्न

डिफेन्डर : म्यानुएल अकान्जी, एरय कोमेर्ट, निको एल्भेडी, रिकार्डो रोड्रीग्वेज, फाबिएन सेर, सिल्भान विडमर

मिडफिल्डर : ग्रानिट झाका, एडिमिल्सन फर्नान्डेस, फाबियन फ्रेई, रेमो फ्रुलर, आर्डन जाशारी, फाबियन रिडर, जेर्डान शाकिरी, जिब्रिल सो, रेनाटो स्टेफेन, डेनिस जाकारिया, मिसेल एबिसर

फरवार्ड : ब्रिल एम्बोलो, क्रिस्टियन फासानाट, नोआ ओकाफोर, हारिस सेफेरोभिच, रुबेन भार्गास

क्यामरुन :

गोलरक्षक : डेविस एपासी, सिमोन गापानदुएत्न्बु, आन्द्रे ओनाना

डिफेन्डर : जान-चार्ल्सकास्टलेटो, एन्जो एबोसे, कोलिन्स फाइ, ओलिभिएर बाइजो, निकोलस एन्कुलु, तोलो नौहोउ, क्रिस्टोफर वुह

मिडफिल्डर : मार्टिन होंग्ला, पिएर कुन्डे, ओलिभिएर एन्चाम, गेल ओन्दुआ, स्यामुएल ओम गोए, आन्द्रे फ्रान्क जाम्बो एन्गिसा

फरवार्ड : भिन्सेन्ट अबुबकार, क्रिस्तियाँ बस्सोगोग, एरिक म्याक्सिम चुपो मोटीङ, सौअबियो मारोउ, ब्रायन एम्बुएमो, निकोलस ओउमी गामलेउ, जेरोम एन्गोम, जर्जेस केभिन एन्कुडु, जान-पिएर एन्सामे, कार्ल टोको एकाम्बी

February 5, 2025

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल

हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]

February 5, 2025

पूर्व विजेता एपिएफ पनि आहा राराबाट बाहिरियो

पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

Success

Thank you for your time.