2 years ago
November 23, 2022
एजेन्सी – अर्जेन्टिनामाथि साउदी अरेबियाको २–१ को ऐतिहासिक जित एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ को अप्रत्याशित नतिजा मध्येको एक हो । उपाधि दावेदार टोलीकै रुपमा हेरिएको अर्जेन्टिनाले साउदीसँग यस्तो हार बेहोर्ला भन्ने कसैले पनि सोचेका थिएनन् । तर नतिजा त्यस्तै आयो ।
साउदीको ऐतिहासिक जितमा साउदीका खेलाडीको प्रदर्शन निकै उत्कृष्ट थियो । यो जितको पछाडिको नायक अर्थात् परिकल्पनाकार भने फ्रान्सेली प्रशिक्षक हर्भ रेनार्ड थिए । ५४ वर्षीय रेनार्ड सन् २०१९ मा साउदी अरेबियाको प्रशिक्षक बने र यो अवधिमा टोलीलाई अभूतपूर्व सफलता दिलाए । खेलाडी छँदा डिफेन्डर यिनले खासै सफलता भने हात पार्न सकेनन् । उनले फ्रान्सको तल्लो श्रेणीका क्लबमा मात्रै खेले । सन् १९९८ मा घुँडाको चोटपछि उनले आफ्नो खेल करिअर टुंग्याए ।
खेल करिअरबाट विश्राम लिएको केही समयपछि, ३० वर्षको उमेरमा उनी दक्षिणी फ्रान्सको सानो टोली ड्रागुइनान एससीका लागि प्रशिक्षक बने । उनले प्रशिक्षण करिअर सुरु गर्दा प्रशिक्षण सेसनको बिचमा एक क्लिनरको रूपमा पनि काम गरेका थिए । प्रशिक्षणको प्यासनलाई जारी राख्दै गर्दा व्यावसायिक रुपमा उनले आफ्नै क्लिनिङ कम्पनीको पनि स्थापना गरे । आफ्नो प्रारम्भिक कोचिङको समयमा उनले विश्वकप खेल्ने टोलीको प्रशिक्षक बन्ने कुनै महत्वकांक्षा बोकेका थिएनन् ।
‘यो निकै टाढाको कुरा थियो । यो बाल्यकालको सपना थियो, जुन अकल्पनीय पनि देखिन्थ्यो,’ उनले एएफपीसँग कुरा गर्दै भने ।
सन् २००४ रेनार्ड क्याम्ब्रिज युनाइटेडको प्रशिक्षक बने । उनी छोटो समयमै बर्खास्तीमा परे । त्यसपछि उनले थुप्रै आरोह र अवरोह खेपे । सन् २०१० पछि भने उनको प्रशिक्षण यात्राले नयाँ मोड लियो । २००८ देखि ०१० मा जाम्बियाका टोली हेरेका हार्भेले त्यसपछि केही समय अंगोला र अल्जेरियन क्लबको प्रशिक्षक बनेर पुन: जाम्बिया फर्किए ।
जाम्बियालाई २०१२ मा अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनाएपछि उनी चर्चामा आए । त्यसपछि उनले २०१५ मा आइभोरी कोस्टलाई पनि अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनाए । उनी दुई फरक राष्ट्रबाट दुई पटक अफ्रिका कप अफ नेसन्सको च्याम्पियन जित्ने पहिलो प्रशिक्षक बने । उनको प्रशिक्षण गति यतिमै रोकिएन ।
आइभोरी कोस्ट पछि उनले फ्रेन्च क्लब लिललाई प्रशिक्षण दिए । त्यहाँ एक सिजन बिताएपछि उनी मोरोक्कोको प्रशिक्षक बने । उनकै प्रशिक्षणमा मोरोक्को सन् १९९८ पछि २०१८ को विश्वकपमा छनोट हुन सफल भएको थियो । मोरोक्को २०१९ को अफ्रिका कप अफ नेसन्सको बाट बाहिरिएपछि जिम्मेवारी लिदै राजीनामा दिए र त्यही समयमा उनले साउदी अरेबियासँग सम्झौता गरे । विगत ३ वर्षदेखि साउदी उनकै प्रशिक्षणमा रहेको छ ।
उनको नियमित मिहिनेतले नै खाडी मुलुकले अर्जेन्टिनाविरुद्ध २–१ को सनसनीपूर्ण जित दर्ता गर्न सफल रहयो । यतिमात्रै होइन उनी अर्जेन्टिनाको ३६ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लगाउने प्रशिक्षक बनेका छन् । अर्जेन्टिनामाथिको जितसँगै उनको चर्चा पनि चुलिएको छ ।
अर्जेन्टिनामाथिको ऐतिहासिक जितसँगै हर्भ रेनार्ड आफ्नो खेलाडीको प्रशंसा गर्न निकै खुले । ‘यि उत्कृष्ट खेलाडीहरूलाई बधाई छ । मैले साढे तीन वर्षअघि यो देशमा आउने निर्णय गरेको थिएँ । यस समयदेखि मसँग व्यवस्थापन, साउदी सरकार, राष्ट्रपति र खेलकुद मन्त्रालयसँग राम्रो समन्वय रह्यो,’ प्रशिक्षक रेनार्डले भने ।
‘हामीले तीन हप्ताअघि हाम्रा राजकुमारलाई भेटेका थियौ । हामीलाई राम्रो गर्न शुभकामना दिनुभएको थियो । हामीले धेरै राम्रो तयारी गरेका थियौं र यो नतिजा त्यसकै परिणाम हो,’ उनले थपे ।
‘यो नबिर्सनुहोस् कि अर्जेन्टिना अझै पनि उत्कृष्ट टोली हो । तिनीहरू ३६ मा कुनै पनि खेल नहारीकन यहाँ आएका थिए र तिनीहरू दक्षिण अमेरिकी च्याम्पियन हुन् । उनीहरूसँग अद्भुत खेलाडीहरू छन्, तर यो फुटबल हो,’ रेनार्डले टुंग्याए ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]