default_image

2 years ago

November 23, 2022

उपाधि रक्षामा जुटेको फ्रान्सको सानदार सुरुवात

109 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – साविक विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा सानदार सुरुवात गरेको छ ।

अल जनौब रंगशालामा अष्ट्रेलियालाई ४-१ ले पराजित गर्दै फ्रान्सले विजयी सुरुवात गरेको हो । खेलको सुरुवाती समयमा पछि पर्दै चोटका कारण महत्त्वपूर्ण खेलाडी गुमाएको फ्रान्सले सानदार पुनरागमन गर्यो । क्रेग गुडविनले अग्रता दिलाएपनि अ‍ोलिभिएर जिरुडले २ तथा एड्रिएन राबिअ‍ोट र किलियन एमबाप्पेले १-१ गोल गर्दै फ्रान्सलाई जित दिलाए ।

खेलको नवौं मिनेटमा नै अष्ट्रेलियाले अग्रता लिएको थियो । म्याथ्यु लेकिले दायाँ विंगमा उत्कृष्ट बल कौशल देखाउँदै दिएको क्रसलाई गुडविनले फार पोस्टबाट गोल गरे । लेकिले छलाउने क्रममा चोट बोकेपछि फ्रान्सका डिफेन्डर लुकास हर्नान्डेजले मैदान छाड्नुपरेको थियो ।

फ्रान्सले त्यसपछि खेलमा बिस्तारै पकड जमाउँदै आक्रमण बुन्न थाल्यो । अन्ततः लगातारको आक्रमण २७ अ‍ौं मिनेटमा गोलमा परिणत भयो ‌। थियो हर्नान्डेजको क्रसमा राबिअ‍ोटले हेडरमार्फत गोल गरे ।

बराबरी गरेको ५ मिनेटमै फ्रान्स अघि बढ्न सफल भयो । राबिअ‍ोटको पासलाई जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ‌। त्यसपछि एमबाप्पेले पेनाल्टी क्षेत्रभित्र पाएको सहज अवसर सदुपयोग गर्न नसक्दा फ्रान्सले अग्रता बढाउन सकेन ।

दोस्रो हाफमा फ्रान्सले आफ्नो दबाब कायम नै राख्यो । ६८ अ‍ौं मिनेटमा एमबाप्पेले अग्रता दोब्बर पारे । अ‍ोस्मान डेम्बेलेको क्रसलाई उनले दुई डिफेन्डरको बीचमा उफ्रदै गोल गरे ।

त्यसको तीन मिनेटपछि नै फ्रान्सले अर्को गोल थप्यो । यसपटक एमबाप्पेको क्रसमा जिरुडले हेडरमार्फत गोल गरे । यस गोलसँगै जिरुडले थिअरी हेनरीको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबर गरेका छन् । दुवैले फ्रान्सका लागि ५१ गोल गरेका छन् ।

यस जितसँगै फ्रान्स समूहको शीर्ष स्थानमा उक्लिएको छ । आजै भएको समूहको पहिलो खेलमा डेनमार्क र ट्युनिसिया गोलरहित बराबरीमा रोकिएका थिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.