default_image

2 years ago

November 23, 2022

साविक उपविजेता क्रोएसियाले मोरोक्कोसँग खेल्दै

229 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – गत संस्करणको उपविजेता क्रोएसियाले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा मोरोक्कोको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे अल बेयत रंगशालामा हुनेछ ।

दुवै टोली छैटौं पटक विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् । मोरक्कोले सन् १९७० मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । त्यसपछि ३ पटक विश्वकप खेलेको मोराक्को २० वर्षपछि रुसमा सन् २०१८ विश्वकपका लागि छनोट भएको थियो ।

यता साविकको उपविजेता क्रोएसियाले सन् १९९८ मा पहिलो सहभागितामै सेमिफाइनलमा स्थान बनाएको थियो । त्यसपछि २००२, २००६ र २०१४ मा टोलीले समूह चरण पार गर्न सकेन । सन् २०१८ मा भने उपाधि भिडन्तमा सहभागी क्रोएसिया फ्रान्ससँग पराजित भएको थियो ।

हालसम्म यी दुई टोलीबीच एक पटक मात्र खेल भएको छ । सन् १९९६ मा भएको मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो ।

अन्तिम टोलीहरु :

मोरोक्को :

गोलरक्षक : यासिन बोनो, मुनिर, अहमद रेडा ताग्नाउटी

डिफेन्डर : अक्रफ हाकिमी, नुसेर माजारोइ, रोमन साइस, नायेफ अगेर्ड, अक्रफ दारी, जवाद एल यामिक, याहिया अतिआत अलाल, बादर बेनुन

मिडफिल्डर : सोफ्यान अम्रबाट, सलिम अमल्लाह, अब्दलहमिद सबिरी, अजेदिन ओउनाही, बिलेल एल खानुस, याह्या जब्राने

फरवार्ड : हाकिम जिएक, युसुफ एन-नेस्री, सोफियाने बोउफाल, जाकारिया अबौख्लाल, एज आब्दे, अमिन हारित, इलिअस चेअर, अब्देरजक हम्दाला, वालिद चेदिरा

क्रोएसिया :

गोलरक्षक : डोमिनिक लिभाकोभिच, इभिका इभुसिच, इवो ग्रिबिच

डिफेन्डर : डोमागोज भिडा, डेजान लोभ्रेन, बोरना बरिसिच, जोसिप जुरानोभिच, जोस्को भार्डीओल, बोरना सोसा, जोसिप स्टानीसिच, मार्टिन एर्लिच, जोसिप सुटालो

मिडफिल्डर : लुका मोड्रीच, मटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, मारियो पासालीच, निकोला भ्लासिच, लोभ्रो माहेर, क्रिस्टियन जाकिच, लुका सुचिच

फरवार्ड : इभान पेरिसिच, आन्द्रे क्रामारिच, ब्रुनो पेक्टोभिच, मिस्लाभ ओर्सिच, आन्टे बुडीमिर, मार्को लिभाजा

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.