default_image

2 years ago

November 22, 2022

अर्जेन्टिनालाई हराएपछि साउदीमा सार्वजनिक विदा

215 views

0 Bookmark

एजेन्सी – उपाधि दावेदर अर्जेन्टिनामाथि ऐतिहासिक जित निकालेपछि साउदी अरेबियाका राजा सलमानले (बुधबार) एक दिन सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

साउदी अरेबियाका राजा सलमानले अर्जेन्टिनाविरुद्ध २–१ को जित निकालेपछि देशमा उत्सव मनाउन (बुधबार) एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । यो सार्वजनिक विदा सार्वजनिक र निजी क्षेत्रका साथै देशभरका विद्यार्थीहरूको लागि लागू हुनेछ ।

पहिलो हाफमा १–० गोलले पछि परेको साउदीले दोस्रो हाफमा ८ मिनेटको अन्तरमा दुई उत्कृष्ट गोल गर्दै ऐतिहासिक पूनरागमन जित निकाल्न सफल भएको थियो । साउदीका लागि सालेह अलशेरी र सालेम अल्दावसारीले गोल गरे । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीको गोल सान्त्वना बन्यो ।

जितपछि साउदीका प्रशिक्षक हर्भ रेनार्डले आफ्ना खेलाडीहरूको खुलेरै उच्च प्रशंसा गरे । ‘यि उत्कृष्ट खेलाडीहरूलाई बधाई छ । मैले साढे तीन वर्षअघि यो देशमा आउने निर्णय गरेको थिएँ । यस समयदेखि मसँग व्यवस्थापन, राष्ट्रपति र खेलकुद मन्त्रालयको राम्रो समन्वय रह्यो ।’ प्रशिक्षक रेनार्डले भने, ‘हामीले तीन हप्ताअघि हाम्रा राजकुमारलाई भेट्दा पनि उसले हामीलाई कुनै दबाब दिनुभएन । हामीले धेरै राम्रो तयारी गरेका थियौं र यो नतिजा त्यसकै परिणाम हो ।’

उनले थपे, ‘तर यो नबिर्सनुहोस् कि अर्जेन्टिना अझै पनि उत्कृष्ट टोली हो । तिनीहरू ३६ मा कुनै पनि खेल नहारीकन यहाँ आएका थिए र तिनीहरू दक्षिण अमेरिकी च्याम्पियन हुन् । उनीहरूसँग अद्भुत खेलाडीहरू छन्, तर यो फुटबल हो । कहिलेकाही सोचेको हुदैन ।’

लुसेल रंगशालामा मंगलबार अर्जेन्टिनाको तीन गोल अफसाइडकै कारण मान्य हुन सकेन । पहिलो हाफमा फितलो देखिएको साउदीले दोस्रो हाफको सुरुवाती समयमा अर्जेन्टिनालाई दबाबमा राख्दै खेलमा फर्कियो । बराबरी गोलपछि पनि आक्रामक देखिएको साउदीले अग्रता लिन सफल भएको थियो ।

खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनाले अघि बढ्ने अवसर पाएको थियो । डी मारियाले विंगमा राम्रो मुभ बनाएपछि पेनाल्टी क्षेत्र भित्रआएको बलमा मेस्सीको प्रहार गोलरक्षक मोहमद अलोवाइसले बचाए ।

नवौं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । कर्नर प्रहार गर्ने क्रममा पेनाल्टी क्षेत्रभित्र फल भएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिएका थिए । कप्तान लिओनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

२२ औं मिनेटमा मेस्सीले डिफेन्स लाइन पार गर्दै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरे । तर गोल भएपछि असिस्टेन्ट रेफ्रीले अफसाइडको लागि झन्डा उठाए । २९ औं मिनेटमा लौटारो मार्टिनेजले सुन्दर फिनिस गरेपनि भीएआरले त्यसलाई मान्यता दिएन । फेरी एकपटक अर्जेन्टिनाको अग्रता दोब्बर पार्ने प्रयासमा अफसाइड बाधक बन्यो । ३४ औं मिनेटमा पनि मार्टिनेजको गोल अफसाइड भएको थियो ।

दोस्रो हाफको सुरुवाती समयमा नै साउदी खेलमा फर्कियो । ४८ औं मिनेटमा सालेह अल सेहरीले सुन्दर फिनिस गर्दै खेल बराबरीमा ल्याए । फेरास अल्ब्रिकानको पासमा क्रिस्टियन रोमेरोलाई बिट गर्दै उनले गरेको प्रहार गोल भएको थियो ।

बराबरी गरेको ५ मिनेटमै सालेम अल दसारी साउदीलाई अप्रत्याशित अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोल भएको थियो । गोलरक्षक एमिलियानो मार्टिनेजले उक्त प्रहार छोएपनि गोल बचाउन भने सकेनन् ।

६३ औं मिनेटमा अर्जेन्टिनाले खेलमा फर्कने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । निकोलस टाग्लियाफिकोले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक मोहमद अलोवाइसले डाइभ दिँदै बचाए । ७२ औं मिनेटमा डी मारियाको पेनाल्टी क्षेत्र भित्रको प्रहारलाई पनि अलोवाइसले विफल पारे ।

८४ औं मिनेटमा मेस्सीको हेडरमा पुन: एकपटक अलोवाइस बाधक बने । अर्जेन्टिनाले अन्त्यतिर लगातार आक्रमण गरेपनि साउदी गोलरक्षक अलोवाइसलाई समस्या दिन सकेन ।

यससँगै समूह सी मा साउदी अरेबियाले ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज पोल्यान्ड र मेक्सिको भिड्दैछन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.