default_image

2 years ago

November 22, 2022

डेनमार्क र ट्युनिसियाको बराबरी

191 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘डी’ को खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

एजुकेसन सिटी रंगशालामा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले गोलका केही अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

जारी विश्वकपमा यो दोस्रो बराबरी हो । यसअघि अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा ट्युनिसियाविरुद्ध ६० प्रतिशत बल पोसेसन राख्दै दबाब बनाएपनि डेनमार्कले गोल गर्न सकेन ।

ट्युनिसियाका गोलरक्षक आयमेन दहमेन निकै व्यस्त बने । खेलको अन्तिम समयमा डेनमार्कले पेनाल्टीका लागि अपिल गरेपनि भीएआरपछि रेफ्रिले अस्वीकार गरे । ६९औँ मिनेटमा क्रिस्टियन एरिक्सनको प्रहारले पोष्टको दिशा लिन नसक्दा डेनमार्क अग्रता लिनबाट चुक्यो ।

यस नतिजासँगै दुवै टोलीले समान एक अंक जोडेका छन् । यो समूहको अर्काे खेलमा आज राति फ्रान्स र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.