2 years ago
November 22, 2022
एजेन्सी – उपाधिको बलियो दावेदार दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमै एसियाली प्रतिद्धन्द्धी साउदी अरेबियासँग स्तब्ध बन्न पुगेको छ ।
सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा अर्जेन्टिना साउदीसँग २–१ ले स्तब्ध बनेको हो । यस हारसँगै अर्जेन्टिनाको अपराजित यात्रा ३७औं खेलमा आएर टुंगिएको छ । कोपा अमेरिका कपमा ब्राजिलसँग २–१ ले पराजित भएयताको ३६ खेलमा अर्जेन्टिना अपराजित रहेको थियो ।
कोपा अमेरिका कप र फाइनालिसिमा च्याम्पियन अर्जेन्टिनाले २ जुलाई २०१९ मा चिलीलाई २–१ ले पराजित गरेयता अपराजित छ । त्यसयता अर्जेन्टिनाले २५ जित र ११ बराबरीको नतिजा निकालेको थियो ।
अर्जेन्टिनाको हारले उसको अपराजित यात्रामा मात्रै पूर्णविराम लागेको छैन । केही कीर्तिमान पनि बनेका छन् । अर्जेन्टिनाले जर्मनीसँगको विश्वकपको पहिलो खेलमा पहिलो गोल गरेपछि हारेको यो १९५८ पछि पहिलो हो ।
यस्तै सन् १९३० पछि पहिलोपटक विश्वकपमा पहिलो हाmमा अग्रता लिएर पनि अर्जेन्टिना पराजित हुने पहिलो टोली बनेको छ ।
पहिलो हाफमा १-० ले पछि परेको साउदीले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा २ गोल गर्दै अग्रता लिएको थियो । पहिलो हाफमा अर्जेन्टिनाले लगातार आक्रमण गरेपनि पेनाल्टी गोल मात्र सम्भव हुन सक्यो । अर्जेन्टिनाको तीन गोल अफसाइडकै कारण मान्य हुन सकेन ।
पहिलो हाफमा फितलो देखिएको साउदीले दोस्रो हाफको सुरुवाती समयमा अर्जेन्टिनालाई दबाबमा राख्दै खेलमा फर्कियो । बराबरी गोलपछि पनि आक्रामक देखिएको साउदीले अग्रता लिन सफल भएको थियो । त्यसपछि अर्जेन्टिनी आक्रमणलाई रोक्दै साउदी अप्रत्याशित नतिजा हासिल गर्न सफल भयो ।
खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनाले अघि बढ्ने अवसर पाएको थियो । डी मारियाले विंगमा राम्रो मुभ बनाएपछि पेनाल्टी क्षेत्र भित्रआएको बलमा मेस्सीको प्रहार गोलरक्षक मोहमद अलोवाइसले बचाए ।
नवौं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । कर्नर प्रहार गर्ने क्रममा पेनाल्टी क्षेत्रभित्र फल भएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिएका थिए । कप्तान लिओनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।
२२ औं मिनेटमा मेस्सीले डिफेन्स लाइन पार गर्दै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरे । तर गोल भएपछि असिस्टेन्ट रेफ्रीले अफसाइडको लागि झन्डा उठाए । २९ औं मिनेटमा लौटारो मार्टिनेजले सुन्दर फिनिस गरेपनि भीएआरले त्यसलाई मान्यता दिएन । फेरी एकपटक अर्जेन्टिनाको अग्रता दोब्बर पार्ने प्रयासमा अफसाइड बाधक बन्यो । ३४ औं मिनेटमा पनि मार्टिनेजको गोल अफसाइड भएको थियो ।
दोस्रो हाफको सुरुवाती समयमा नै साउदी खेलमा फर्कियो । ४८ औं मिनेटमा सालेह अल सेहरीले सुन्दर फिनिस गर्दै खेल बराबरीमा ल्याए । फेरास अल्ब्रिकानको पासमा क्रिस्टियन रोमेरोलाई बिट गर्दै उनले गरेको प्रहार गोल भएको थियो ।
बराबरी गरेको ५ मिनेटमै सालेम अल दसारी साउदीलाई अप्रत्याशित अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोल भएको थियो । गोलरक्षक एमिलियानो मार्टिनेजले उक्त प्रहार छोएपनि गोल बचाउन भने सकेनन् ।
६३ औं मिनेटमा अर्जेन्टिनाले खेलमा फर्कने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । निकोलस टाग्लियाफिकोले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक मोहमद अलोवाइसले डाइभ दिँदै बचाए । ७२ औं मिनेटमा डी मारियाको पेनाल्टी क्षेत्र भित्रको प्रहारलाई पनि अलोवाइसले विफल पारे ।
८४ औं मिनेटमा मेस्सीको हेडरमा पुन: एकपटक अलोवाइस बाधक बने । अर्जेन्टिनाले अन्त्यतिर लगातार आक्रमण गरेपनि साउदी गोलरक्षक अलोवाइसलाई समस्या दिन सकेन ।
यससँगै समूह सी मा साउदी अरेबियाले ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज पोल्यान्ड र मेक्सिको भिड्दैछन् ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]