default_image

2 years ago

November 22, 2022

मेस्सीसँगै लौटारो अर्जेन्टिनाको आक्रमणमा

107 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – कप्तान लिओनेल मेस्सीसँगै लौटारो मार्टिनेजले अर्जेन्टिनाका लागि साउदी अरेबियाविरुद्ध आक्रमण सम्हाल्ने भएका छन् । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को पहिलो खेल ३:४५ बजे सुरु हुँदैछ ।

अर्जेन्टिनाले आक्रमणमा मेस्सी र मार्टिनेजसँगै आलेहान्द्रो गोमेज र एन्जल डी मारियालाई पहिलो रोजाइमा राखेको छ । मिडफिल्डमा लिआन्द्रो पारेडेस र रोड्रीगो डे पल रहेका छन् । डिफेन्समा क्रिस्टियन रोमेरो र निकोलस ओटामेन्डी मध्यभागमा छन् । विंगब्याकमा निकोलस टाग्लियाफिको र नाहेल मोलिना रहेका छन् । गोलरक्षक एमिलियानो मार्टिनेज छन् ।

यता साउदीका कप्तान सलमान अल्फराजले आक्रमणमा फेरा लाब्रिकान, सालेम अल्द्वासरी र सालेह अलसहरीलाई सहयोग गर्नेछन् । मिडफिल्डमा अब्दुल्ला अल्माल्की र मोहमद कानो पनि छन् । डिफेन्समा अलि अल्बुलाई, साउद अब्दुलहमिद, यासेर अल्सहरानी र हासान अल्ताम्बक्ति छन् । गोलरक्षक मोहमद अलोवाइस रहेका छन् ।

अर्जेन्टिना लगातार १३ औं पटक विश्वकप खेल्दैछ । हालसम्म १८ पटक विश्वकप खेलिसकेको अर्जेन्टिनाको साउदीसँग भने पहिलो पटक भिड्दैछ । हालसम्म अर्जेन्टिनाले एसियाली राष्ट्रसँग खेलेको सबै ४ खेल जितेको छ । सन् १९७८ र ८६ गरेर दुई पटक विश्वकप उपाधि जितेको अर्जेन्टिना यसपटक छनोटमा अपराजित रहेको थियो ।

अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा ३६ खेलयता अपराजित छ । अर्जेन्टिनाले साउदीविरुद्ध खेलमा अंक जोडेको अवस्थामा इटालीको ३७ खेल अपराजित रहेको कीर्तिमान बराबरी गर्नेछ । टोलीका कप्तानी लिओनेल मेस्सी पाँचौ पटक विश्वकप खेल्दा पहिलो पटक उपाधि जित्ने प्रयासमा छन् । उनले हालसम्म विश्वकपमा १९ खेल खेलेका छन्, जुन यस विश्वकपमा सहभागी मध्यमा सर्वाधिक हो ।

अर्जेन्टिनाले विश्वकपको पहिलो खेलमा हार नबेहोरेको ३२ वर्ष भइसकेको छ । सन् १९९० मा क्यामरुनसँग पराजित भएपछि टोलीले पहिलो खेलमा ६ जित र १ बराबरीको नतिजा निकालेको छ ।

साउदी अरबले छैटौं पटक विश्वकप खेल्दैछ । सन् १९९४ देखि २००६ सम्म लगातार खेलेको साउदी त्यसयता भने दुई संस्करणमा छनोट हुन सकेन । सन् २०१८ मा पुनरागमन गरेको टोलीले यसपटक पनि एसियाली छनोट पार गर्यो । छनोटमा साउदीले एक मात्र हार बेहोरेको थियो ।

विश्वकपमा पहिलो पटक भेट भएपनि मैत्रीपूर्ण खेलमा भने यी दुई चार पटक आमनेसामने भएका छन् । अर्जेन्टिनाले २ जित र २ बराबरीको नतिजा निकालेको छ । पछिल्लो पटक सन् २०१२ मा यी दुई टोलीको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

अर्जेन्टिनाले हालसम्म विश्वकपमा ८१ खेल खेल्दा ४३ जित, १५ बराबरी र २३ हार बेहोरेको छ । साउदीले १६ खेलमा ३ जित, २ बराबरी र ११ हार बेहोरेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.