2 years ago
November 22, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ अन्तर्गत समूह सी को पहिलो खेलमा मंगलबार अर्जेन्टिनाले साउदी अरबको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे लुसेल रंगशालामा हुनेछ ।
कतार विश्वकपमा पहिलो खेलको पूर्व सन्ध्यामा कप्तान मेस्सीले आफू खेलका लागि तयार रहेको बताए । ‘शारीरिक रुपमा म ठिक छु । मेरो लागि व्यक्तिगत र शारीरिक रुपमा कुनै समस्या छैन,’ उनले भने, ‘ शनिबार मैले केहि हल्का प्रशिक्षण गरेको थिएँ । यसमा डराउनुपर्ने केहि छैन । सामान्य चोट रहेकाले जोखिम नलिएको हो ।’
अहिले खेलिरहेका मध्य विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी मेस्सी आफ्नो पाँचौ विश्वकप खेल्दैछन् । उनले विगतको तुलनमा यसपटक खासै केहि फरक नगरेको बताए । ‘मैले विशेष केहि गरेको छैन । मैले सदाजस्तै आफ्नो ध्यान राखेको छु । यो विशेष क्षण हो, र सम्भवत मेरो अन्तिम विश्वकप पनि । अहिलेको टोली निकै राम्रो छ र हामीले जित्ने अपेक्षा गरेका छौं ।’
मेस्सीले आफ्नो करिअरमा विश्वकप बाहेक सम्भव सबै उपाधि जितेका छन् । विश्व फुटबलकै महान खेलाडीमा गनिने मेस्सी अर्जेन्टिनाबाहिर पनि आफ्नो समर्थक रहेकोमा खुसी मान्छन् । ‘ अर्जेन्टिनाबाहिर पनि हामीले उपाधि जितोस भन्ने हुँदा राम्रो लाग्छ । हुनसक्छ त्यो मेरी कारणले पनि हो । म आफ्नो करिअरभर प्राप्त प्रेमका लागि धन्यवाद भन्न चाहन्छु । कतारमा पनि अर्को उदाहरण देख्नुहुनेछ,’ उनले भने ।
‘हामी यसपटक विश्वकपमा विगतभन्दा फरक रुपमा आएका छौं । गत वर्ष कोपा अमेरिका जितेपछि हामीलाई दबाब कम छ । यसपटक राष्ट्रिय टोलीले नतिजा दिन नसकेको दबाब नभएर एक आपसमा राम्रो भावना छ,’ उनले भने ।
अर्जेन्टिना र साउदी सम्मिलित समूह सी मा मेक्सिको र पोल्यान्ड पनि रहेका छन् ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]