default_image

2 years ago

November 21, 2022

इरानविरुद्ध फोडेन बेन्चमा

111 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी को खेलमा इंग्ल्यान्डले इरानको सामना गर्दैछ । साँझ ६:४५ बजे सरु हुने खेल खालिफा रंगशालामा हुनेछ ।

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले युवा विंगर फिल फोडेनलाई बेन्चमा राख्दै सुरुवाती ११ घोषणा गरेका छन् । कप्तान ह्यारी केनलाई आक्रमणमा बुकायो साका र रहिम स्टर्लिङले साथ दिनेछन् । यस्तै मिडफिल्डमा मेसन माउन्ट, जुड बेलिङघम र डेक्लन राइस खेल्नेछन् ।

प्रशिक्षक साउथगेटले म्यानचेस्टर युनाइटेडका डिफेन्डर ह्यारी मगाएरलाई पहिलो रोजाइमा खेलाएका छन् । उनलाई म्यानचेस्टर सिटीका जोन स्टोन्सले सेन्टर डिफेन्समा साथ दिनेछन् । गोलरक्षकमा जोर्डन पिकफर्ड विंग ब्याकमा लुक शा र काइरन ट्रीपिएर खेल्नेछन् ।

यता इरानले बायर लेभरकुसनका फरवार्ड सरदार अजमौनलाई बेन्चमा राखेको छ । एफसी पोर्टोका मेहदी तारेमी एकल फरवार्डको भूमिकामा पहिलो रोजाइमा छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.