default_image

2 years ago

November 21, 2022

सेनेगल र नेदरल्यान्ड्सको पहिलो भेटनै अर्थपूर्ण

334 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ अन्तर्गत समूह ए को दोस्रो खेलमा सोमबार अफ्रिकी च्याम्पियन सेनेगलले नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:१५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स पछिल्लो विश्वकपमा छनोट हुन नसकेपछि यसपटक बलियो टोलीका साथ कतार आइपुगेको छ । तीन पटकको उपविजेता टोली यसपटक समूहमा बलियो सुरुवात गर्न चाहन्छ । सन् २०१४ को सेमिफाइनलमा जर्मनीसँग पराजित प्रशिक्षक लुइस भान गाल पुन: एकपटक टोलीको नेतृत्व सम्हालिरहेका छन् ।

यता सेनेगल सन् २००२ मा आफ्नो पहिलो सहभागिता जनाउँदा गरेको सुरुवात दोहोर्याउन चाहन्छ । त्यसबेला पहिलो खेलमा साविक विजेता फ्रान्सलाई १-० ले स्तब्ध पार्दै सेनेगलले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । सेनेगलले विश्वकपमा हासिल गरेको पछिल्लो तीन मध्य २ जित युरोपकै टोलीविरुद्ध रहेको छ । स्टार फरवार्ड साडियो माने चोटका कारण विश्वकपमा खेल्न नसक्दा टोलीको आक्रमणमा असर पर्ने देखिन्छ ।

सेनेगल र नेदरल्यान्ड्स अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक भिड्न लागेका हुन् । भान गालको आगमनपछि नेदरल्यान्ड्सले कुनै खेल हारेको छैन । पछिल्लो १५ खेलमा नेदरल्यान्ड्सले ११ जित र ४ बराबरीको नतिजा निकालेको छ ।

विश्वकप इतिहास पल्टाउने हो भने नेदरल्यान्ड्सले हालसम्म समूह चरणमा खेलेको ३० मध्य २ खेल मात्र हारेको छ । सन् १९९८ यता नेदरल्यान्ड्सले समूह चरणमा हारको सामना गर्नुपरेको छैन । यता सेनेगलले यसअघि खेलेको दुवै अवसरमा जितसहित सुरुवात गरेको छ । सन् २००२ मा फ्रान्सलाई हराएको अफ्रिकी टोलीले सन् २०१८ मा पोल्यान्डलाई २-१ ले पछि पारेको थियो ।

समग्रमा विश्वकपको नतिजा हेर्दा सेनेगलले ८ खेलमा ३ जित, ३ बराबरी र २ हारको सामना गरेको छ । नेदरल्यान्ड्सले ५० खेल खेल्दा २७ जित, १२ बराबरी र ११ हार बेहोरेको छ ।

समूह ए मा आइतबार इक्वेडरले विजयी सुरुवात गरिसकेको छ । उद्घाटन खेलमा कतारलाई २-० ले पराजित गर्दै ३ अंक जोडेको इक्वेडर शीर्षस्थानमा छ । नेदरल्यान्ड्सको नजर समूह को शीर्ष स्थानमा पुग्ने हुनेछ भने सेनेगल नेदरल्यान्ड्ससँग अंक खोस्दै आफ्नो सम्भावना बलियो पार्ने सुरमा हुनेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.