default_image

2 years ago

November 20, 2022

भ्यालेन्सियाको दुई गोलमा इक्वेडरलाई अग्रता

222 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – कप्तान एनर भ्यालेन्सियाले दुई गोल गर्दा फिफा विश्वकप २०२२ अन्तर्गत उद्घाटन खेलमा इक्वेडरले कतार विरुद्ध पहिलो हाफमै २-० को अग्रता बनाएको छ ।

खेलको तेस्रो मिनेटमै इक्वेडरको गोल भिडियो एसिसेन्ट रेफ्री (भार) ले मान्यता दिएन । एनर भ्यालेन्सियाले क्लोज रेन्जबाट हेडरमार्फत गोल गरेपनि गोल अफसाइड रहेको थियो । तर भ्यालेन्सियाले १७ अ‍ौं मिनेटमा भने अग्रता दिलाए । गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा उनले गोल गरे ।

खेलको ३१ अ‍ौं मिनेटमा भ्यालेन्सियाले अग्रता दोब्बर पारे । एन्जेलो प्रेसियाडोको क्रसमा उनले गरेको प्रहार गोलरक्षक अलसिबले बचाउन सकेनन् ।

इन्ज्युरी समयमा कतारले खेलमा फर्कने सुवर्ण अवसर गुमायो । कप्तान अल हेडोसको क्रसमा अल्मोएज अलीले फ्रि हेडरलाई पोस्टको दिशा दिन सकेनन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.