default_image

2 years ago

November 19, 2022

उद्घाटन खेलअघि यसो भन्छन् कतारका कप्तान र प्रशिक्षक

146 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

खेलको पूर्वसन्ध्यामा कतारका प्रशिक्षक फेलिक्स सान्चेजले नतिजा भन्दापनि खेलको महत्त्व बढी रहेको बताए । ‘मेरो लागि यो लामो यात्राको अन्त्य हो । १६ वर्ष यो देशमा काम गरेपछि यो विशेष अवसर जुरेको छ । हामी नतिजा जे भएपनि यो दिनलाई विशेष महत्त्वको साथ हेर्नेछौं,’ उनले भने ।

‘यदि तपाईंले १६ वर्षअघि मलाई आजको दिन आउँछ भन्नुभएको भए विश्वास गर्ने थिइनँ । तर आज हामी यो स्थानमा छौं । म यो अवसरमा रमाउनेछु,’ उनले थपे ।

इक्वेडरले विश्वकपमा चौथो पटक सहभागिता जनाउँदै छ । तर टोलीले एसियाली राष्ट्रसँग भने पहिलो पटक खेल्दै हुनेछ । प्रशिक्षक सान्चेज इक्वेडर शारीरिक रुपमा निकै बलियो टोली रहेको बताए ।

‘विश्वकप छनोटमा इक्वेडरले धेरैलाई आश्चर्यमा पारेको थियो । होम होस् या अवे, सबै खेलमा राम्रो प्रदर्शन गरेको थियो । विपक्षीको रुपमा हेर्दा निकै सन्तुलित टोलीको रुपमा हेरेको छु । इक्वेडर अवसर सिर्जना गर्न सक्छ र डिफेन्समा निकै कम्प्याक्ट खेल्छ । शारीरिक रुपमा पनि निकै बलियो देखेको छु,’ उनले टुंग्याए ।

कतारका कप्तान हासान अल हेडोसले आफ्नो बाल्यकालदेखिको सपना पूरा हुन लागेको बताए । ‘म विश्वकपमा सहभागी हुन पाउँदा निकै गौरवान्वित महसुस गरिरहेको छु । हामीले विगतमा पनि छनोट हुने प्रयास गरेका थियौं, तर सकेनौं । अहिले आयोजकको रुपमा यहाँ छौं,’ उनले भने ।

‘विश्वकप छनोटकै प्रदर्शनका आधारमा पनि हामी छनोट हुने थियौं । यो स्तरमा खेल्न पाउँदाको खुसी व्यक्त गर्न सक्दिन । विश्वकप खेल्ने ठूला नामसँगै आफ्नो नाम हुँदा खुसी र गर्व महसुस भएको छ,’ उनले थपे ।

कप्तान हेडोसले यो विश्वकप कतार मात्र नभएर सम्पूर्ण अरब क्षेत्रको रहेको बताए । ‘यो पूरा अरबको विश्वकप हो । हामीले सम्पूर्ण अरब राष्ट्रको जिम्मेवारी बोकेको अनुभव गरेको छु । टिमको रुपमा र खेल भावनाले अरबको प्रतिनिधित्व गर्नेछौं,’ उनले टुंग्याए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.