2 years ago
November 18, 2022
सुबास हुमागाईं, कतार
फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार उद्घाटन खेलसँगै प्रतियोगिता सुरु हुनेछ । यस संस्करणको ग्रुप अफ डेथको रुपमा लिइएको समूह एच मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना भिड्नेछन् ।
आ-आफ्नो महादेशका बलिया टोली सबै नकआउट चरणमा पुग्ने सम्भावना बोकेका टोली हुन् । क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा उत्रने पोर्चुगल आफ्नो कप्तानलाई अन्तिम विश्वकपमा सफलता दिलाउन चाहन्छ । तर यसका लागि सहज बाटो भने छैन । पोर्चुगलका खेलाडी आ-आफ्ना क्लबका लागि उच्च लयमा छन् । मैत्रीपूर्ण खेलमा पनि रोनाल्डोविनै टोलीले राम्रो खेलेको छ । तर रोनाल्डोको आगमनले त्यसमा असर पर्न सक्छ ।
उरुग्वे आफ्नो युवा प्रतिभाबाट निकै अपेक्षा गरिरहेको हुनेछ । फेडे भालभर्डे र रोड्रीगो बेन्टानकुरसँगै डार्विन न्युनेज आक्रमणमा व्यस्त हुनेछन् । उरुग्वे सन् २०१० मा सेमिफाइनल पुगेको इतिहास दोहोर्याउन चाहन्छ । त्यसबेला घानालाई क्वाटरफाइनलमा रोक्न अन्तिम समयमा हातले गोल रोकेका सुआरेज फेरी एकपटक घानाविरुद्ध देखिनेछन् ।
घाना यसपटक निकै अपेक्षा गरिएको टोलीमा पर्छ । छनोटपछि जन्मस्थानका आधारमा युरोपेली लिग खेल्ने ठूला स्टार समेट्दै टोली कागजमा बलियो देखिएको छ । इनाकी विलियम्सको उपस्थितिले आक्रमण थप सुदृढ हुने देखिन्छ ।
दक्षिण कोरियाका लागि कप्तान सन ह्युङ मिन खेल्ने खबर निकै फलदायी हुने देखिन्छ । गत संस्करण साविक विजेता जर्मनीलाई समूहबाट बाहिर राख्दै अघि बढेको कोरिया यसपटक अर्को सफलताको कथा लेख्न चाहन्छ ।
अन्तिम टोली :
पोर्चुगल :
गोलरक्षक – डिओगो कोस्टा, रुई प्याट्रिसियो र जोसे सा
डिफेन्डर – जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा
मिडफिल्डर – विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा
फरवार्ड – जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा
घाना :
गोलकिपर : लवरेन्स एटी जिगी, मानाफ नुरदिन, इब्राहिम डानलड
डिफेन्डर : बाबा रहमान, डानिएल अमार्टे, अलेजान्डर जिकु, जोसेफ अइडो, गिडेओन मेनसाह, डेनिस ओडोई, अलिडु सेइडु, मोहम्मेद सालिसु, तारिक लाम्प्टे
मिडफिल्डर : थोमस पार्टे, मोहम्मद कुडुस, डानिएल कोफी केरेह, एलिशा ओवुसु, डानिएल अफ्रियी, सालिस सामेद
फरवार्ड : आन्द्रे आयु, जोर्डन आयु, कमलदिन सुलेमाना, फतावु इशाहाकु, ओस्मान बुकारी, इनाकी विलियम्स, एन्टोनी सेमेन्यो, कमल सोवह
उरुग्वे :
गोलरक्षक : सर्जियो रोसे, फर्नान्डो मुस्लेरा, सबास्टियन सोसा
डिफेन्डर : डिएगो गोडीन, जोसे मारिया जिमिनेज, रोनाल्ड अराउजो, सबास्टियन कोआटेस, मार्टिन कासेरेस, माथिअस ओलिभिएरा, गिलेर्मो भारेला, जोसे लुइस रोड्रीग्वेज, माटीयास भिना
मिडफिल्डर : फेडे भालभेर्डे, रोड्रीगो बेन्टान्कुर, माटीआस भेचिनो, लुकास टोरेरा, म्यानुएल उगार्टे, निकोलस डे ला क्रुज, जर्जियन डे आरास्केता, फाकुन्डो पेलिस्त्री, फाकुन्डो टोरेस, अगुस्टिन कनोबियो
फरवार्ड : लुइस सुआरेज, एडिन्सन काभानी, डार्विन न्युनेज, म्याक्सिमिलियन गोमेज
दक्षिण कोरिया :
गोलकिपर : किम स्युङ–ग्यु, जो ह्योन यु, सङ बुम–क्युन
डिफेन्डर : किम मिन जे, किम योङ ग्वोन, क्वोन क्युङ वोन, चो यु मिन, किममुन ह्वान, युन जोङ ग्यु, किम ताइ ह्वान, किम जिन सु, होल चुल
मिडफिल्डर : जोङ वु योङ, सान जुन हो, पाइक सुङ हो, ह्वाङ इन बुम, लि जेसुङ, क्वोन चाङ हुन, ज्योङ वु योङ, लि काङ इन, ना साङ हो, सङ मिन क्यु
फरवार्ड : सन ह्युङ मिन, ह्वाङ ही चान, ह्वाङ यी जो, चो ग्वी सुङ
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]