2 years ago
November 19, 2022
सुबास हुमागाईं, कतार
फिफा विश्वकप कतार २०२२ आइतबारदेखि सुरु हुँदैछ । विश्वकप इतिहासमा सर्वाधिक उपाधि जित्ने ब्राजिल यसपटक पनि उपाधि दावेदारको रुपमा रहेको छ । तर यसपटक टोलीलाई समूह चरणमा सचेत हुनुपर्ने देखिन्छ ।
ब्राजिलको टोलीमा अनुभवी र युवा खेलाडीको सम्मिश्रण छ । तर मिडफिल्डमा भने टोलीलाई केही कठिनाइ पर्ने देखिन्छ । आक्रमणमा भरपुर विकल्प रहेको टोलीमा विंगब्याकमा पनि समस्या हुन सक्छ । गोलरक्षकमा एलिसन र एडरसनको रुपमा दुई विश्वस्तरीय खेलाडी रहेका छन् । थियागो सिल्भाले टोलीको कप्तानीसँगै डिफेन्सको पनि जिम्मेवारी लिनेछन् ।
समूहमा रहेका अन्य तीन टोली सबै दोस्रो चरणमा पुग्न सक्षम छन् । यस क्रममा ब्राजिलले पनि तीनै टोलीसँग सचेत हुन जरुरि छ । युरोमा फ्रान्सलाई स्तब्ध पारेको स्विटजरल्यान्ड विश्वकपमा पनि प्रभाव जमाउने प्रयासमा हुनेछ । गोलरक्षक यान सोमर गत वर्षको लयलाई यसपटक पनि निरन्तरता दिने सोचमा हुनेछन् ।
यता विश्वकप छनोटमा तहल्का मच्चाएको सर्बिया मुख्य प्रतियोगितामा पनि त्यसलाई निरन्तरता दिन चाहन्छ । फिलिप कोस्टिच, एलेक्जेन्डर मित्रोभिच, सर्गे मिलिन्कोभिच साभिच लगायत खेलाडी विश्व स्तरमा आफूलाई प्रस्फुटन गर्न चाहन्छन् ।
क्यामरुन अफ्रिकी राष्ट्रको प्रतिनिधित्व गर्दै नकआउट चरणमा पुग्न चाहन्छ । युरोपेली लिगमा बाँडिएका खेलाडी बोकेर अघि बढेको क्यामरुनको आक्रमण बायर्नबाट लयमा रहेका एरिक म्याक्सिम चुपो मोटीङले सम्हाल्नेछन् ।
अन्तिम टोलीहरु :
ब्राजिल :
गोलरक्षक : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेंगो)
डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्हस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिसाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)
मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमराएस (न्युकासल युनाइटेड) र एभर्टन रिबिएरो (फ्लामेंगो)
फरवार्ड : नेयमार (पिएसजी), रिचारलीसन (टोटेनहम हट्सपर), भिनीसियस जुनिअर (रियल म्याड्रिड), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रोड्रीगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), ग्याब्रिएल जेसस र ग्याब्रिएल मार्टिनेली (दुवै आर्सनल)
सर्विया :
गोलरक्षक – मार्को डिमिट्रोभिच, प्रेड्राग राजकोभिच र भान्जा मिलिन्कोभिक–साभिच
डिफेन्डर – स्टेफान मिट्रोभिच, निकोला मिलेन्कोभिच, स्ट्राहिन्जा पाभ्लोभिच, मिलोस वेल्जकोभिच, फिलिप म्लादेनोभिच, स्ट्रहिन्जा एराकोभिच र सरजान बाबिच
मिडफिल्डर – नेमान्जा गुडेल्ज, सर्गे मिलिन्कोभिच–साभिच, सासा लुकिच, मार्को ग्रुजिच, फिलिप कोस्टिच, उरोस रासिच, नेमान्जा माक्सिमोभिच, इभान इलिच, एन्ड्रिजा जिभकोभिच र डार्को लाजोभिच
फरवार्ड – डुसान टाडिच, एलेक्सान्डर मिट्रोभिच, डुसान भ्लाहोभिच, फिलिप डुुरिसिस, लुका जोभिच र नेमान्जा राडोन्जिच
स्वीट्जरल्यान्ड :
गोलरक्षक : यान सोमर, जोनास ओम्लिन, ग्रेगोर कोबेल, फिलिप कोह्न
डिफेन्डर : म्यानुएल अकान्जी, एरय कोमेर्ट, निको एल्भेडी, रिकार्डो रोड्रीग्वेज, फाबिएन सेर, सिल्भान विडमर
मिडफिल्डर : ग्रानिट झाका, एडिमिल्सन फर्नान्डेस, फाबियन फ्रेई, रेमो फ्रुलर, आर्डन जाशारी, फाबियन रिडर, जेर्डान शाकिरी, जिब्रिल सो, रेनाटो स्टेफेन, डेनिस जाकारिया, मिसेल एबिसर
फरवार्ड : ब्रिल एम्बोलो, क्रिस्टियन फासानाट, नोआ ओकाफोर, हारिस सेफेरोभिच, रुबेन भार्गास
क्यामरुन :
गोलरक्षक : डेविस एपासी, सिमोन गापानदुएत्न्बु, आन्द्रे ओनाना
डिफेन्डर : जान-चार्ल्सकास्टलेटो, एन्जो एबोसे, कोलिन्स फाइ, ओलिभिएर बाइजो, निकोलस एन्कुलु, तोलो नौहोउ, क्रिस्टोफर वुह
मिडफिल्डर : मार्टिन होंग्ला, पिएर कुन्डे, ओलिभिएर एन्चाम, गेल ओन्दुआ, स्यामुएल ओम गोए, आन्द्रे फ्रान्क जाम्बो एन्गिसा
फरवार्ड : भिन्सेन्ट अबुबकार, क्रिस्टियन बस्सोगोग, एरिक म्याक्सिम चुपो मोटीङ, सौअबियो मारोउ, ब्रायन एम्बुएमो, निकोलस ओउमी गामलेउ, जेरोम एन्गोम, जर्जेस केभिन एन्कुडु, जान-पिएर एन्सामे, कार्ल टोको एकाम्बी
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]