default_image

2 years ago

November 19, 2022

सबैको सम्भावना रहेको समूह एफ

96 views

0 Bookmark

सुबास हुमागाईं, कतार

फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार उद्घाटन खेल हुँदैछ । यसपटक समूह जी लाई प्रतियोगिताको सबैभन्दा खुला समूहको रुपमा हेरिएको छ । गत संस्करणको उपविजेता क्रोएसिया र बेल्जियम सम्मिलित यस समूहमा मोरोक्को र क्यानडा आफ्नो छाप बसाउन प्रयासरत हुनेछन् ।

बेल्जियमको स्वर्णीम पुस्तालाई यसपटक उपाधि जित्ने अन्तिम अवसर छ । तर विगतको तुलनामा टोली डिफेन्समा केहि कमजोर देखिन्छ । भेट्रान टोबी एल्डरवेरल्ड र जान भर्टोन्घन पछिल्लो समय युरोपको कमजोर लिगमा खेलिरहेका छन् । मिडफिल्डमा भने बेल्जियमलाई केभिन डे ब्रुएनको साथ छ । गोलरक्षक थिबाउट कोर्टुवा र फरवार्ड रोमेलु लुकाकुकै भरमा बेल्जियम अघि बढ्नेछ ।

यता क्रोएसिया पनि गत संस्करण फाइनलमा पुगेपछि अर्को सफल यात्राको सोचमा हुनेछ । तर भेट्रान खेलाडीले भरिपूर्ण टोलीलाई युवा क्यानडा र मोराक्कोसँग सचेत हुनुपर्ने देखिन्छ । गत संस्करणका गोल्डेन बल विजेता लुका मोड्रीच यसपटक अन्तिम विश्वकप खेल्दैछन् ।

क्यानडामा मेजर लिग सकर खेल्ने अधिकांश खेलाडी छन् । बायर्न म्युनिखबाट लेफ्ट ब्याक खेल्दै आएका अल्फोंसो डेभिस राष्ट्रिय टोलीमा भने आक्रमणमा देखिनेछन् । उनले आफ्नो गतिसँगै क्यानडालाई पनि अघि बढाउने जिम्मेवारी हुनेछ ।

मोराक्कोका लागि हाकिम जिएच टोलीमा फर्कनु सुखद सावित हुनसक्छ । मैत्रीपूर्ण खेलमा सानदार गोल गरेका उनले प्रशिक्षक परिवर्तन भएपछि मात्र राष्ट्रिय टोलीमा फर्कन मानेका हुन् । अक्रफ हाकिमी पनि राष्ट्रिय टोलीबाट आफ्नो प्रभाव देखाउन चाहन्छन् ।

बेल्जियम :

गोलकिपर – थिबाउट कोर्टुवा, सिमोन मिग्नोलेट र कोएन कास्टेल्स

डिफेन्डर – जान भर्टोन्घन, टोबी एल्डरवेरेल्ड, वाउट फेस, आर्थर थिएट, जेनो डेबास्ट, थोमस म्युनियर र टिमोथी कास्टग्ने

मिडफिल्डर – केभिन डि ब्रुएना, युरी टिलेमान्स, अमाडो ओनाना, एक्सेल विट्सेल, हान्स भानाकेन, लिअन्डर डेन्डोन्कर, यान्निक कारास्को र थोरगन हाजार्ड

फरवार्ड – इडेन हाजार्ड, चाल्स डि केटेलेर, लिआन्ड्रो ट्रोसार्ड, ड्रिज मर्टेन्स, जेरेमी डोकु, रोमेलु लुकाकु, मिसी बात्सुयाई र लोइस ओपेन्डा

क्यानडा :

गोलकिपर – मिलान बोर्जन, जेम्स पेन्टेमिस, डेन सेन्ट क्लेयर

डिफेन्डर – कमल मिलर, स्टिभन भिटोरिया, जोएल वाटरम्यान, डेरेक कर्नेलियस, साम एडेकुग्वे, एलिस्टेएर जोनस्टन र रिची लारेआ

मिडफिल्डर – एटिबा हचिन्सन, स्टिफन युस्टाक्वियो, जोनाथन ओसोरियो, मार्क–एन्थोनी काए, साम पिएट, स्माइल कोन, लियाम फ्रासेर र डेभिड वुदर्सपुन

फरवार्ड – ताजोन बुचानन, अल्फन्सो डाभिस, जोनाथन डेभिड, जुनियर होइलेट, साइल लारिन, लुकास काभालिनी, लियाम मिलर र इके उग्वो

मोरोक्को :

गोलरक्षक : यासिन बोनो, मुनिर, अहमद रेडा ताग्नाउटी

डिफेन्डर : अक्रफ हाकिमी, नुसेर माजारोइ, रोमन साइस, नायेफ अगेर्ड, अक्रफ दारी, जवाद एल यामिक, याहिया अतिआत अलाल, बादर बेनुन

मिडफिल्डर : सोफ्यान अम्रबाट, सलिम अमल्लाह, अब्दलहमिद सबिरी, अजेदिन ओउनाही, बिलेल एल खानुस, याह्या जब्राने

फरवार्ड : हाकिम जिएक, युसुफ एन-नेस्री, सोफियाने बोउफाल, जाकारिया अबौख्लाल, एज आब्दे, अमिन हारित, इलिअस चेअर, अब्देरजक हम्दाला, वालिद चेदिरा

क्रोएसिया :

गोलरक्षक : डोमिनिक लिभाकोभिच, इभिका इभुसिच, इवो ग्रिबिच

डिफेन्डर : डोमागोज भिडा, डेजान लोभ्रेन, बोरना बरिसिच, जोसिप जुरानोभिच, जोस्को भार्डीओल, बोरना सोसा, जोसिप स्टानीसिच, मार्टिन एर्लिच, जोसिप सुटालो

मिडफिल्डर : लुका मोड्रीच, मटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, मारियो पासालीच, निकोला भ्लासिच, लोभ्रो माहेर, क्रिस्टियन जाकिच, लुका सुचिच

फरवार्ड : इभान पेरिसिच, आन्द्रे क्रामारिच, ब्रुनो पेक्टोभिच, मिस्लाभ ओर्सिच, आन्टे बुडीमिर, मार्को लिभाजा

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.