default_image

2 years ago

November 19, 2022

समूह ‘ई’ मा स्पेन र जर्मनीको घमासान

253 views

0 Bookmark

सुबास हुमागाईं, कतार

फिफा विश्वकप २०२२ आइतबारदेखि सुरु हुँदैछ । समूह चरण अन्तर्गत यसपटक समूह डीमा दुई पूर्व विजेता जर्मनी र स्पेन एकै समूहमा परेका छन् ।

जर्मनीलाई यसपटक विश्वकपको दावेदारको रुपमा पनि हेरिएको छ । युरोपेली क्लबका लागि जर्मन खेलाडी उच्च लयमा रहेको र कागजमा टोलीको स्तर पनि निकै राम्रो देखिन्छ । अनुभवी र युवा खेलाडीको सम्मिश्रण गर्दै हान्सी फ्लिकले बलियो टोली घोषणा गरेका छन् । म्यानुएल नोएरको कप्तानीमा जर्मनी पाँचौ पटक विश्वकप जित्ने सुरमा हुनेछ ।

स्पेनका प्रशिक्षक लुइस एनरिके पुन: एकपटक टोली छनोटलाई लिएर चर्चामा रहे । सर्जियो रामोसलाई टोलीबाट बाहिर राख्दै यसपटक उनले युवा खेलाडीलाई प्राथमिकतामा राखे । पेड्री र गाभीजस्ता युवा प्रतिभा टोलीमा रहँदा अनुभवी थियागो टोलीमा परेनन् । अझ एनरिकेले गोलरक्षक डेविड डे हेयालाई ५५ सदस्यीय प्रारम्भिक टोलीबाट नै बाहिर राखेपछि स्पेनी फुटबलमा हलचल मच्चिएको थियो ।

स्पेन र जर्मनीलाई रोक्न एसियाली पावरहाउस जापानको प्रयास हुनेछ । विगतको संस्करणभन्दा यसपटक जापानी खेलाडी युरोपेली लिगमा धेरै छन् । जर्मनी र स्पेनिस लिगमा खेल्ने खेलाडी रहेकाले पनि जापानले त्यसको फाइदा उठाउन खोज्नेछ ।

अनुभवी केलर नाभासको नेतृत्वमा कोस्टारिका सन् २०१४ को नतिजा दोहोर्याउने सुरमा हुनेछ । त्यसबेला टोलीले निकै बलियो समूह पार गर्न सफल भएको थियो । कोस्टारिकाले इटाली, उरुग्वे र इंग्ल्यान्डभन्दा अघि रहेर समूह विजेता बनेको थियो ।

स्पेन :

गोलरक्षक : उनाइ सिमोन, रोबर्ट सान्चेज, डेविड राया

डिफेन्डर : सेजार एज्पिलीक्वेटा, ड्यानी कार्भाजल, एरिक गार्सिया, ह्युगो गुइलामोन, पाउ टोरेस, एमेरिक लापोर्ट, जोर्डी अल्बा, जोसे गया

मिडफिल्डर : सर्जियो बुस्केट्स, रोड्री, गाभी, कार्लोस सोलेर, मार्कस लोरेन्टे, पेड्री, कोके

फरवार्ड : फेरान टोरेस, निको विलियम्स, येरेमी पिनो, अल्भारो मोराटा, मार्को एसेन्सियो, पाब्लो सराबिया, ड्यानी ओल्मो, अन्सु फाती

कोस्टारिका :

गोलरक्षक : केलर नाभास, एस्टेबान अल्भाराडो, प्याट्रिक सेकेरा

डिफेन्डर : फ्रान्सिस्को काल्भो, जुआन पाब्लो भार्गास, केन्डल वास्टन, ओस्कार डुआर्टे, ड्यानीएल चकन, केयसर फुलर, कार्लोस मार्टिनेज, ब्रायन ओभिएडो, रोनाल्ड मातारिता

मिडफिल्डर : येल्सिन तेजेडा, सेल्सो बोर्जेस, युस्तिन सालास, रोआन विल्सन, जेर्सन टोरेस, डग्लस लोपेज, जेविसन बेनेटे, अल्भारो जामोरा, एन्थोनी हर्नान्डेज, ब्रेन्डन अगिलेरा, ब्रायन रुइज

फरवार्ड : जोएल क्याम्पबेल, एन्थोनी कोन्ट्रेरास, योहान भेनेगास

जर्मनी :

गोलरक्षक : म्यानुएल नोएर, मार्क आन्दर टेर स्टेगन, केभिन ट्रयाप

डिफेन्डर : आर्मेल बेला कोचाप, माथिअस जिन्टर, क्रिस्टियन गन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेविड रम, एन्टोनियो रुडीगर, निको स्लोटरबेक, निकलस सुल

मिडफिल्डर/फरवार्ड : करीम एडेयेमी, जुलियान ब्रान्ट, निकलस फुलक्रुग, सर्ज नाब्री, लिओन गोरेट्जका, मारियो गोट्जे, इल्काए गुन्डोगन, काइ हाभर्ट्ज, जोनास हफम्यान, जोशुवा किम्मिख, युसुफा मौकोको, जमाल मुसियाला, थोमस मुलर, लेरोय साने

जापान:

गोलरक्षक : सुइची गोन्डा, ड्यानीएल स्मिट, एजी कावाशिमा

डिफेन्डर : मिकी यामाने, हिरोकी साकाइ, माया योशिडा, ताकेहिरो तोमियासु, शोगो तानीगुचि, को इताकुरा, हिरोकी इटो, युटो नागाटोमो

मिडफिल्डर : वातारु इन्डो, हिदेमासा मोरिता, आओ तानका, गाकु शिवासाकी, काओरु मितोमा, दाइची कामाडा, रित्सु डोआन, जुन्या इटो, ताकुमी मिनामिनो, ताकेफुसा कुबो, युकी सोमा

फरवार्ड : डाइजेन माएडा, ताकुमा असानो, अयेसा उएडा, शुतो माचिनो

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.