2 years ago
November 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामाले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका छन् ।
फिफा विश्वकप कतार २०२२ मा सहभागी हुन अध्यक्ष पंकज बिक्रम नेम्वाङ कतार जाने भएपछि लामालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको एन्फाले जनाएको छ ।
अध्यक्ष नेम्वाङ संघको प्रतिनिधिको रुपमा फिफा विश्वकपको उद्घाटन समारोहमा उपस्थित हुन त्यसतर्फ जाने भएपछि लामालाई मंसिर ३ गते देखि ६ गते सम्मका लागि अध्यक्ष नेम्बाङले कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
एन्फाको विधानको परिच्छेद ९ को धारा ४४ अनुसार लामालाई कार्यवहाकको जिम्मेवारी दिइएको एन्फाले जनाएकाे छ । फिफा विश्वकप मंसिर ४ देखि कतारमा सुरु हुँदैछ । फिफा विश्वकप पुस ३ गते सकिदैछ ।
दावा गत असारमा भएको निर्वाचनमा उपाध्यक्षमा चुनिएका हुन् । उनी उपाध्यक्ष हुनुअघि एन्फाको केन्द्रिय सदस्य थिए ।
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]