default_image

2 years ago

November 18, 2022

युवा मिडफिल्डर अल्माडा अर्जेन्टिनाको टोलीमा

166 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ शुरु नहुँदै उपाधि दावेदार टोलीको रुपमा हेरिएको अर्जेन्टिनाका दुई खेलाडी चोटका कारण विश्वकपबाट बाहिरिएका छन् ।

फरवार्डद्वय जोआक्विन कोरेआ र निकोलस गोन्जालेजले चोटका कारण विश्वकप गुमाउने भएका हुन् । उनीहरुको स्थानमा अर्जेन्टिना फुटबल फेडेरेसन (एएफए) ले एन्जल कोरेआ र थियागो अल्माडालाई टोलीमा समावेश गरेको छ ।

बिहीबार फरवार्ड निकोलस गोन्जालेज र जोकिन कोरेया चोटका कारण विश्वकपबाट बाहिरिएपछि अर्जेन्टिनाले एन्जल कोरिया र थियागो अल्माडालाई प्रतिस्थापनका रूपमा बोलाएको छ । बिहीबारको प्रशिक्षण सत्रमा गोन्जालेजलाई मांसपेशीमा चोट लागेको थियो । जोआक्विन कोरेआलाई पनि चोट लागेको बताइएको छ ।

२७ वर्षीय एन्जल कोरेआले यो सिजन एट्लेटिको मड्रिडका लागि २१ खेलमा चार गोल गरिसकेका छन् । उनी अर्जेन्टिनाको २०२१ कोपा अमेरिका विजेता टोलीका सदस्य थिए ।

२१ वर्षीय अल्माडाले एट्लान्टा युनाइटेडसँग मेजर लिग सकरमा २९ खेलमा ६ गोल र १२ असिस्ट दिएका छन् । उनले होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका लागि डेब्यु गरेका थिए ।

गोलरक्षक : एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली र फ्रान्को अर्मानी ।

डिफेन्डर : नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको र जान फोयथ ।

मिडफिल्डर : रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओस र थियागाे अल्माडा

फरवार्ड : लिओनेल मेस्सी, एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, एन्जल काेरेआ र पाउलो डिबाला ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.