default_image

2 years ago

November 18, 2022

रोनाल्डोविनै पोर्चुगलको सानदार जित

153 views

0 Bookmark

एजेन्सी – नियमित कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले फिफा विश्वकप कतार २०२२ को तयारीस्वरुप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ ।

पोर्चुगलले नाइजेरियामाथि ४–० को फराकिलो जित निकालेको हो । लिस्वनमा बिहीबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले दुई तथा गोन्कालो रामोस र जाआओ मारियोले समान एक गोल गरे ।

खेलको नवौं मिनेटमा ब्रुनोको गोलबाट पोर्चुगलले अग्रता लियो । उनले डिएगो डालोटको पासमा गोल गर्न सफल भए । ३५औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

८२औं मिनेटमा परिवर्तित गोन्कालो रामोसले गोल गर्दै पोर्चुगललाई सहज जितर्फ अघि बढाए । ६६औं मिनेटमा आन्द्रे सिल्भाको स्थानमा मैदान छिरेका रामोसले राफयल गुरेइरोको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसको २ मिनेटपछि अर्का परिवर्तित खेलाडी जोआओ मारियोले गोल गर्दै पोर्चुगललाई ४–० को सानदार जित दिलाए । दोस्रो हाफको शुरुमै बर्नाडो सिल्भाको स्थानमा मैदान छिरेका मारियोले रामोसको पासमा गोल गर्न सफल भएका थिए ।

अस्वस्थताका कारण रोनाल्डो नाइजेरियाविरुद्धको खेलमा टोलीमा थिएनन् । यस सानदार जितसँगै समूह ‘एच’ मा रहेको पोर्चुगलले विश्वकपको लागि तयार रहेको संकेत दिएको छ ।

पोर्चुगलले २४ नोभेम्वरमा घानासरुँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ । त्यसपछि २८ नोभेम्वरमा उरुग्वे र २ डिसेम्वरमा दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ । नाइजेरिया विश्वकपमा छनोट हुन असफल टोली हो ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.