2 years ago
November 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक दीप कार्कीले पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो रोजाईमा मौका पाएका छन् ।
प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्व सुरुवाती ११ घाेषणा गर्दा दीपलाई पहिलो रोजाईमा मैदानमा उतारेका हुन् । डिफेन्समा कप्तान रोहित चन्, अनन्त तामाङ, दिनेश राजवंशी र सुजल श्रेष्ठ रहेका छन् ।
मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र सेसेहाङ आङ्देम्वे छन् । फरवार्ड अन्जन विष्ट, विमल घर्तीमगर र आयुष घलान रहेका छन् ।
नेपाल र पाकिस्तानबीचको खेल साँझ ५ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पाकिस्तानले ३ वर्ष बढी फिफाको प्रतिबन्धपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]