default_image

2 years ago

November 16, 2022

पाकिस्तानविरुद्ध नेपालको सम्भावित ११

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज पाकिस्तानको सामना गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस खेलका लागि प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

प्रशिक्षक कटुवालले २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन् । पाकिस्तानविरुद्ध खेलमा नियमित कप्तान किरण चेम्जोङ अनुपस्थित रहँदा रोहित चन्दले पहिलो पटक टोलीको कप्तानी गर्दैछन् । प्रशिक्षक कटुवालले मछिन्द्रमा अबलम्बन गरेको ४-३-३ फर्मेसन नै प्रयोग गर्ने देखिन्छ ।

गोलरक्षकमा किरणको अनुपस्थितिसँगै तीनै गोलरक्षक सुरुवातमा खेल्न प्रयासरत छन् । दीप कार्कीले पहिल्प रोजाइमा खेल्न सक्छन् । रोहितले आज सेन्टर डिफेन्समा सुरुवात गर्ने सम्भावना छ । उनलाई सदाझैँ अनन्त तामाङले साथ दिनेछन् ।

सुमन अर्याल प्रस्थान गरेसँगै लेफ्ट ब्याकमा नेपाललाई समस्या परेको छ । रञ्‍जित धिमाल घाइते भएपछि निशान खड्का टोलीमा छन् । तर प्रशिक्षक कटुवालले सुजल श्रेष्ठलाई लेफ्ट ब्याक र दीनेश राजवंशीलाई राइट ब्याकमा उतार्ने सम्भावना छ । मिडफिल्डमा तेज तामाङ र पुजन उपरकोटी खेल्ने देखिन्छ । तेस्रो मिडफिल्डर पोजिसनका लागि एरिक विष्ट र सेसेहाङ आङदेम्बेमा एकजना छन् । आवास लामिछाने पनि बेन्चबाट खेल्ने सम्भावना छ ।

आक्रमणमा उच्च लयमा रहेका अन्जन विष्ट राइट विंगमा खेल्नेछन् । उनलाई नवयुग श्रेष्ठ र विमल घर्तीमगरले साथ दिनेछन् । सुनिल बल र आयुष घलान पनि बेन्चबाट प्रवेश गर्ने प्रयासमा हुनेछन् ।

नेपालको सम्भावित ११ :

दीप कार्की : सुजल श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, दीनेश राजवंशी : पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, तेज तामाङ : अन्जन विष्ट, नवयुग श्रेष्ठ, विमल घर्तीमगर

अन्तिम टोली :

गोलरक्षक : विशाल श्रेष्ठ, विकेश कुथु र दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का

मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आवास लामिछाने

फरवार्ड : अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का, सुजल श्रेष्ठ

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.