default_image

2 years ago

November 16, 2022

विश्वकपकै कान्छा मौकोको

244 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा सबै टोली अन्तिम तयारीमा छन् । अन्तिम टोली पक्का भएसँगै अबको ध्यान सुरुवाती ११ छनोटमा रहेको छ । विश्वकपमा सहभागी खेलाडीमध्य सबैभन्दा कान्छा खेलाडी जर्मनीका युसुफा मौकोको भने राष्ट्रिय टोलीबाट डेब्युको प्रतिक्षामा छन् ।

सन् २००४ नोभेम्बर २० मा जन्मेका मौकोको विश्वकपको उद्घाटन खेलको दिन १८ वर्ष पुग्दैछन् । उनी यसपटक विश्वकप खेल्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । बोरुसिया डर्टमुन्डको युथ एकेडेमी हुँदै सिनियर टोलीमा नियमित खेलिरहेका उनले उमेर समूहमा तहल्का नै मच्चाएका थिए ।

१४ वर्षको उमेरमा यू-१९ लिगको पहिलो खेलमै ६ गोल गर्दै उनले आफूलाई थप चर्चामा ल्याए । उनी यूईएफए युथ लिगमा खेल्ने हालसम्मकै कान्छा खेलाडी पनि हुन् । मौकोकोले डर्टमुन्डको यू-१७ र यू-१९ टोलीबाट ८८ खेलमा १ सय ४१ गोल गोल गरेका थिए ।

सन् २०२० जनवरीदेखि नै मौकोको डर्टमुन्डको सिनियर टोलीसँग प्रशिक्षण गरिरहेका थिए । तर बुन्डेसलिगाको नियम अनुसार १६ वर्ष नपुग्दै खेल्न नपाउने भएपछि उनले प्रतीक्षा गर्नुपर्यो । २१ नोभेम्बरमा १६ वर्ष पुगेको भोलिपल्ट नै उनले हर्था बर्लिनविरुद्ध खेल्दै डेब्यु गरे । डिसेम्बर ८ मा जेनितविरुद्ध खेल्दै उनी १६ वर्ष १८ दिनको उमेरमा च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।

जारी सिजन मौकोकोले जर्मन लिगमा ६ गोल र ३ असिस्ट प्रदान गरिसकेका छन् । च्याम्पियन्स लिगमा पनि उनले २ खेल सुरुवात गर्दै सबै ६ खेलमा खेलेका थिए । जर्मनीबाट विश्वकपका लागि टोलीमा समेट्दै मौकोकोको उच्च लयलाई पुरस्कृत गरेको छ । सिनियर टोली डेब्यु विश्वकपमा गर्ने दुर्लभ अवसर मौकोकोले प्राप्त गर्दैछन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.