default_image

2 years ago

November 16, 2022

फ्रान्सका फरवार्ड विश्वकपबाट बाहिर

123 views

0 Bookmark

एजेन्सी – याे सिजन उच्च लयमा रहेका प्रभावशाली फरवार्ड क्रिस्टोफर एनकुन्कु फ्रान्सको विश्वकप टोलीबाट बाहिरिएका छन् । प्रशिक्षण दौरान खुट्टामा चोट लागेपछि उनी विश्वकपबाट बाहिर रहने भएका हुन् ।

२५ वर्षीया एनकुन्कु यो सिजन जर्मन बुन्डेसलिगा क्लब आरबी लाइप्जिगका शीर्ष गोलकर्ता हुन् । यो सिजन बुन्डेसलिगाको १५ खेलमा १२ गोल गरेका छन् ।

मंगलबार प्रशिक्षण दौरान उनी रियल म्याड्रिडका मिडफिल्डर एडुआर्डो कामाभिंगासँग जुध्दै चोट बोक्न पुगेका थिए । एनकुन्कुको विकल्पमा फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) ले हालसम्म अर्काे नाम दिएको छैन ।

एन्कुन्कु डिफेन्डिङ च्याम्पियन फ्रान्सको टोलीबाट बाहिरिने पछिल्लो ठुला नाम हुन् । यसअघि मिडफिल्डर पउल पोग्बा, एन’गोलो कान्टे र डिफेन्डर प्रिस्नेल किम्पेम्बे टोलीबाट बाहिरिसकेका छन् । म्यानचेस्टर युनाइटेडका डिफेन्डर राफयल भारान चोटमुक्त हुने प्रयासमा छ ।

फ्रान्सको टोली बुधबार कतार जादैछ । समूह ‘डी’ मा फ्रान्सले आफ्नो पहिलो खेलमा अष्ट्रेलियासँग खेल्नेछ। त्यसपछि फ्रान्सले डेनमार्क र ट्युनिसियासँग खेल्नेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.