default_image

2 years ago

November 15, 2022

राष्ट्रिय महिला फुटबल टोलीलाई बुट हस्तान्तरण

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जनजाती महासंघ जापानले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई फुटबल बुट प्रदान गरेको छ ।

गत महिना स्वदेशमा आयोजना भएको साफ च्याम्यिनसिप फाइनल पुगेको नेपाली टोलीलाई आगामी दिनमा थप सफलताका लागि ओम कुचा मगरको संयोजत्व तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य वसन्त गौचनसहितको पहलमा महिला टोलीलाई एडिडासको फुटबल बुट हस्तान्तरण गरिएको हो ।

जापानमा फुटबल प्रशिक्षकका रुपमा कार्यरत गौचनले मंगलबार दशरथ रंगशालामा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्बाङलाई र उनले महिला टोलीका सदस्यलाई हस्तान्तरण गरेका थिए । साफ च्याम्पिनसिपमा पहिलो पटक भारतलाई हराएको नेपाली टोली फाइनलमा भने बंगलादेशसँग पराजित भएको थियो ।

गौचन गत साता गृह नगर पोखरामा फुटबल एकेडेमीको औपचारिक सुरुवातका लागि स्वदेश फर्केका थिए । एक दशक भन्दा लामो समयदेखि जापानलाई कर्मथलो बनाउदै आएका उनले नाममा वसन्त गौचन (विजी) फुटबल एकेडेमी शनिबार सुरु गरेका हुन् । ३ महिना अघि एकेडेमीमा प्रशिक्षण सुरु भएको थियो । पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा अवस्थित एकेडमी १५ रोपनी जग्गामा रहेको छ ।

दिनको २ सय जनालाई प्रशिक्षण दिन सकिने एकेडेमीको निर्देशकमा एन्फा प्रशिक्षक राजेन्द्र तामाङ, मुख्य प्रशिक्षकमा शम्भु केसी राखिएको छ । नेपालको यू १६, यू २३ हुँदै बसन्त गौचन सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) बाट सुपर स्टार बनेका थिए । त्यसको केहि वर्षपछि जापान पुगेका उनले जापानको फनरुट्स फुटबल एकेडेमीमा प्रशिक्षण दिएक थिए । हाल उनले टोकियोकै चोफुओच्का सकर क्लबको युथ टोली सम्हाल्दै आएका छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.