default_image

8 years ago

December 26, 2016

‘लिभरपुलको लक्ष्य प्रीमियर लिग उपाधि’

92 views

0 Bookmark

लिभरपुल – (एजेन्सि)  – लिभरपुलका प्रशिक्षक यर्गन क्लप  लिभरपुल यो सिजन प्रीमियर लिगको उपाधि जित्न योग्य रहेको बताउछन ।

liverpool

१९८९/९० देखिको सिजन पछी उपाधिबाट बञ्चित रहेको लिभरपुल यो सिजन अंक तालिकको दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको चेल्सी भन्दा ६ अंक तल रहेको लिभरपुल यो सिजन उपाधिका उचाल्ने लक्ष्य लिएर अघी बढी रहेको कुरा क्लपले स्काइ स्पोर्ट्सलाई बताएका हुन ।

“हामी अघिल्लो २६ बर्षलाई बिर्सनु पर्ने छ । यो सिजन हामी योग्य छौ र हामीले उपाधि जित्नु पर्ने छ । हामीसँग उल्लेखनीय रुपमा प्रतिभाशाली खेलाडिहरु छन । तर एकमात्र समस्या भनेको अन्य केहि क्लबहरु पनि योग्य छन्, उनिहरुमा पनि प्रतिभा छ ।  ” , क्लपले भने ।

लिभरपुलले यो सिजन दाबेदार चेल्सी र आर्सनल जस्ता टोलिलाई हराइ सक्यो तर बर्न्ली र बोउर्नेमोथ जस्ता टोलिसङ हारको सामना पनि गरी सक्यो । त्यसैले उपाधि जित्न क्लबलाई भाग्यले पनि साथ दिनु पर्छ भन्ने क्लपको भनाइ छ ।

लिभरपुलले मंगलबार स्टोक सिटिको सामना गर्दै छ भने प्रीमियर लिगमा आज सोमबार चेल्सि, आर्सनल,  युनाइटेड , म्यान्चेस्टर सिटी लगायतका क्लबहरु खेल्दैछन ।

January 21, 2025

चेल्सी चौथो स्थानमा उक्लियो

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं‌ मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]

January 20, 2025

एपिएफसँग पुलिस फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ २-० ले हराएको छ। एपिएफका लागि रश्मि‌कुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]

January 20, 2025

एन्फा यु १६ लिग – संकटा र मछिन्द्रको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज २ खेल भएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार संकटा फुटबल क्लब र मछिन्द्र फुटबल क्लब विजयी भएका छन् । पहिलो खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई २-० ले पराजित गर्यो । मछिन्द्रको जितमा दुवै गोल राहुल कुमार योञ्जनले गरे । दोस्रो खेलमा संकटाले हिमालयन शेर्पा […]

Success

Thank you for your time.