2 years ago
November 15, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रिजेन तामाङको उपचारका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । एन्फाको मंगलबार बसेको बैठकले प्रिजेनको उपचारमा सहयोग गर्ने निर्णय गरेको हो ।
उमेर समूहको च्याम्पियन टोलीको सदस्य रहेका प्रिजेन ब्लड क्यान्सरको उपचार गराइसकेका छन् । उनको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ । एन्फा खेलाडी संघले सोमबार एन्फालाई प्रिजेनको उपचारमा सहयोग गर्न आग्रह गदै निवेदन दिएको थियो ।
एन्फा एकेडेमीका उत्पादन प्रिजेन तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र यु १८ साफ च्याम्पियनसिपको च्याम्पियन टोलीका सदस्य हुन् ।
आश लाग्दा युवा खेलाडीले त्रिभुवन आर्मी फुटबल क्लबबाट ललित स्मृति यू १८ च्याम्पियनसिप जितेका थिए । फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका प्रिजेन नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सका सदस्य थिए ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]