default_image

2 years ago

November 15, 2022

फरक देशबाट विश्वकप खेल्दै साख्य दाजुभाइ

217 views

0 Bookmark

एजेन्सी – आफ्नो देशका लागि विश्वकप खेल्ने जुनसुकै खेलाडीको सपना हुन्छ । अझ एकै खेलमा लागेका परिवारका सदस्य छन् भने, सँगै विश्वकप खेल्नु निकै विशेष मानिन्छ । यसपटक फिफा विश्वकप २०२२ कतारमा दाजु इनाकी विलियम्स र भाइ निको विलियम्स विश्वकपमा खेल्दैछन् । तर फरक देशको जर्सीमा ।

दाजु इनाकीले आफ्नो बुवा-आमाको जन्मदेश घानाबाट खेल्दैछन् । यता भाइ निकोले आफ्नै जन्मथलो स्पेनको प्रतिनिधित्व गर्नेछन् । त्यसो त दाजु इनाकीले पनि सन् २०१६ मा स्पेनबाट खेलेका थिए । तर डेब्यु खेलपछि कुनै अवसर नपाएपछि उनले घानाबाट खेल्ने निर्णय गरे । दुवैजना स्पेनी लिगमा एथ्लेटिक बिल्बाओबाट खेल्दै आएका छन् ।

इनाकीले सेप्टेम्बरमा भएको निकारागुआविरुद्ध खेलबाट घानाका लागि डेब्यु गरिसकेका छन् । उनले त्यसपछि ब्राजिलविरुद्ध पनि खेलेका थिए । यता निकोले पनि सेप्टेम्बर महिनामै स्पेनबाट डेब्यु गरेका थिए । स्विटजरल्यान्डविरुद्ध डेब्यु गरेका उनले त्यसपछि पोर्चुगलविरुद्ध बेन्चबाट भित्रिएका थिए ।

इनाकी र निको दुवै बिल्बाओको एकेडेमीको उत्पादन हुन् । फुटबलमा मिहिनेत गरेर व्यावसायिक करिअर बनाएका उनीहरुको परिवारले गरेको संघर्ष अझ विशेष छ । आमा मारिया र बुवा फेलिक्सले आफ्नो परिवारको भविष्यका लागि घानाबाट झन्डै ४ हजार किलोमिटर टाढा स्पेनको मेलिला आएका थिए ।

त्यसबेला एक ट्रकमा यात्रा सुरु गरेका उनीहरु साहारा मरभुमीमा ४०-५० डिग्री सेल्सियसमा खाली खुट्टा हिंडेका थिए । स्पेन आएपछि दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । गर्भवती मेलिला र बुवा फेलिक्सले राजनीतिक शरणार्थीमा आवेदन दिएका थिए । त्यस लगत्तै उनीहरु बिल्बाओ पुगे र त्यहाँ इनाकीको जन्म भयो । एक साधुले त्यहाँ परिवारलाई सहयोग गरेका थिए र इनाकीको नाम उनकै नाममा रहन गयो ।

विलियम्स परिवारले त्यहाँ निकै मिहिनेत गर्नुपर्यो । सन् २०१३ मा इनाकीले बिल्बाओसँग सम्झौता गरे र निकोलाई पनि युथ एकेडेमीमा भर्ना गरे । त्यसयता सन् २०१४ मा डेब्यु गरेपछि इनाकी बिल्बाओको महत्त्वपूर्ण सदस्य रहेका छन् । सन् २०२१ मा बार्सिलोनाविरुद्ध स्पेनिस सुपर कपमा विजयी गोल गरेका इनाकीले दुई पटक उपाधि जितेका छन् । त्यसै वर्ष निकोले पनि बिल्बाओका लागि डेब्यु गरे ।

यस सिजन दुवैले राम्रो प्रदर्शन गरेका छन् । बिल्बाओका लागि यी दुईले कुल ८ गोल र ४ असिस्ट गरेका छन् । विश्वकपमा फरक टोलीबाट खेल्ने यी दुईको भेट क्वाटरफाइनलमा हुने सम्भावना पनि छ । यसअघि सहोदर दाजुभाइ जेरोम बोटेङले जर्मनी र घानाबाटै केभिन प्रिन्स बोटेङले पनि विश्वकप खेलेका थिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.