default_image

2 years ago

November 15, 2022

ब्राइटनका तीन खेलाडी इक्वेडरको विश्वकप टोलीमा

129 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब ब्राइटनका तीन खेलाडीले इक्वेडरको विश्वकप टोलीमा स्थान बनाएका छन् । प्रशिक्षक गुस्ताभो अलफारोको विश्वकपको लागि २६ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा ब्राइटनबाट खेल्ने लेफ्टब्याक पर्भिस एस्टुपिनान, मिडफिल्डर मोइसेस काइसेडो र जेरेमी सार्मिएन्टोले स्थान बनाएका छन् ।

३५ गोलका साथ सर्वाधिक गोलकर्ता रहेका एनर भ्यालेन्सियाको कप्तानीमा इक्वेडरले कतार विश्वकप खेल्नेछ । इक्वेडरले आइतवार विश्वकपको उद्घाटन खेलमा आयोजक कतारसँग खेल्नेछ ।

डिफेन्डर बायरन कास्टिलो भने टोलीबाट बाहिरिएका छन् । कास्टिलो कोलम्वियाली रहेको र उनले इक्वेडरबाट खेल्न नपाउने भन्दै चिली र पेरुले इक्वेडरलाई विश्वकपबाट बाहिर निकाल्ने प्रयास गरेका थिए । तर, फिफा र कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स दुवैले इक्वेडरलाई खेल्न अनुमति दिएका छन् ।

यद्यपि छनोटका ८ खेल खेलेका उनले विश्वकपको अन्तिम टोलीमा भने स्थान बनाउन सकेनन् । समूह ए मा इक्वेडरसँगै आयोजक कतार, सेनेगल र नेदरल्यान्ड्स छन् ।

पूर्ण टोली
गोलरक्षक –
मोइसेस रामिरेज, एलेक्सान्डर डोमिनगुएज र हर्नान गालिन्डेज
डिफेन्डर – पिएरो हिनकापी, रोबर्ट अर्बोलेडा, पर्भिस एस्टुपिनान, एन्जेलो प्रेसियाडो, ज्याक्सन पोरोजो, जेभियर एरेगा, डिएगो पालासिओस, फेलिक्स टोरेस र विलियम पाचो
मिडफिल्डर – कार्लोस ग्रुजो, जोस सिफुएन्ट, एलन फ्रान्को, मोइसेस काइसेडो, एन्जल मेना, जेरेमी सार्मिएन्टो, जेग्सन मेन्डेज, एर्टन प्रेसियाडो, गोन्जालो प्लाटा र रोमारियो इवारा
फरवार्ड – जोर्काइफ रेस्को, केभिन रोड्रिग्वेज, माइकल एस्ट्राडा र एनर भ्यालेन्सिया

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.