default_image

2 years ago

November 15, 2022

फ्रान्सले थुरामलाई टोलीमा समेट्यो

198 views

0 Bookmark

एजेन्सी – साविकको विश्व विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ का लागि फरवार्ड मार्कुस थुरामलाई टोलीमा समेटेको छ । योसँगै फ्रान्सको टोलीले पूर्णता पाएको छ ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले गत साता २५ सदस्यीय टोलीको घोषणा गर्दै एक खेलाडी अर्काे साता थप्ने बताएको थियो ।

चोटका कारण प्रेसनेल किमपेम्वे बाहिरिदा अनक्याप्ड एक्सेल डिसासीलाई पनि प्रशिक्षणमा बोलाइएको थियो । तर, फ्रान्सेली फुटबल फेडेरेसन (एफएफएफ) ले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाक २५ वर्षीय फरवार्ड थुरामलाई टोलीमा समेटिएको जनाएको छ ।

अब थुरामले अग्रपङ्तिमा करिम बेन्जेमा, किङ्सले कोमान, औसमाने डेम्बेले, ओलिभर जिरुड, एन्टोइन ग्रिजमन, केलियन एमबाप्पे र क्रिस्टोफोर एनकुन्कुसँग खेल्नको लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।

सन् १९९८ को विश्वकप विजेता लिलियन थुरामका छोरा थुराम यस सिजन सबै प्रतियोगितामा १३ गोल र चार असिस्टसहित प्रभावशाली फर्ममा छन् । थुरामले फ्रान्सबाट चार क्याप जितिसकेका छन् । तर गत जुनमा युरोपियन च्याम्पियनसिपपछि उनी टोलीमा परेका छैनन् ।

फ्रान्सलाई २०१८ मा विश्वकप जिताएका मिडफिल्डरद्धय पउल पोग्बा र एन’गोलो कान्टेलाई यसपटक फ्रान्सले चोटका कारण गुमाउनेछन् ।

फ्रान्सको टोली यसै साता कतार पुग्दैछ । समूह ‘डी’ मा रहेको फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यसपछि फ्रान्सले २६ नोभेम्वरमा डेनमार्क र ३० नोभेम्बरमा ट्युनिसियासँग खेल्नेछ ।

फ्रान्सको अन्तिम टोली :

गोलरक्षक : ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा

डिफेन्डर : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान

मिडफिल्डर : एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु

फरवार्ड : करीम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिज्मन, किलीयन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु र मार्कुस थुराम

December 19, 2024

अन्जनको ह्याट्रिकसँगै एनआरटी झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

Success

Thank you for your time.