2 years ago
November 13, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अघिको फ्रेन्च लिग वानमा अपराजित रहेकाे पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा पिएसजीले अक्जिरमाथि ५–० को सानदार जित हात पारेको हो ।
पिएसजीको जितमा केलियन एमबाप्पे, कार्लाेस सोलेर, अचरफ हाकिमी, रेनाटो सान्चेज र ह्युगो इटिकेले गोल गरे । पहिलो हाफमा एक गोल गरेको पिएसजीको दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित दर्ता गर्न सफल भयो ।
पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको ११औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले नुनो मेन्डिसको पासलाई सदुपयोग गरेका थिए ।
पिएसजीले दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुप¥यो । ५१औं मिनेटमा नुनो मेन्डिसको पासमा कार्लाेस सोलेरेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई ३–० ले अघि बढाए ।
८१औं मिनेटमा परिवर्तित खेलाडी रेनाटो सान्चेजले अर्का परिवर्तित खेलाडी ह्युगो इटिकेको पासमा गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अघि बढाए ।
रेनाटो ६१औं मिनेटमा कार्लाेस सोलेरको स्थानमा तथा ह्युगो ७५औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । ८४औं मिनेटमा ह्युगोले गोल गर्दै पिएसजीलाई ५–० को फराकिलो जित दिलाए ।
यस जितसँगै लिग वानमा अपराजित रहेको पिएसजीको १५ खेलबाट ४१ अंक पुगेको छ । पिएसजीले १३ जित र २ बराबरीको नतिजा निकालेको छ । पराजित अक्जिर १३ अंक जोडेर १७औं स्थानमा छ ।
विश्वकप अघि यो नै लिग वानको अन्तिम चरण हो । अब विश्वकप पछि मात्रै लिग वानसँगै अन्य लिगहरु सुचारु हुनेछ ।
February 6, 2025
एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]