2 years ago
November 13, 2022
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभजिन लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्लबले किट प्रायोजकको रुपमा नेपाली ब्राण्ड केटिएम सिटीसँग प्रायोजन सम्झौता नविकरण गरेको छ ।
झण्डै दुई महिनापछि सुरु हुने ए डिभिजन लिग खेल्ने तयारीमा रहेको मनाङले शेर्पा आउटडोरको केटिएम सिटीसँग दुई वर्षका लागि सम्झौता नविकरण गरेको हो । मनाङका महासचिव तेन्जिङ गुरुङ र केटिएम सिटीका सिईओ निमा नोर्बु शेर्पाले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
गत वर्ष पनि केटिएम सिटी मनाङको किट प्रायोजन गरेको थियो । यसपटकको सम्झौता अवधि २ वर्षको रहने बताइको छ । मनाङलाई आवश्यक पर्ने सम्पूर्ण किट सामाग्री केटिएम सिटीले उपलब्ध गराउने बताइएको छ । मनाङले भाग लिने सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा केटिएम सिटीको किट प्रयोग गर्नेछ ।
नेपाली फुटबलको सर्वाधिक सफल क्लबको रुपमा रहेको मनाङले घरेलु फुटबलका लागि तयारी सुरु गरिसकेको मनाङका तेन्जिङ गुरुङले विज्ञप्तीमार्फत जनाएका छन् । मनाङले सर्वाधिक ८ पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । यसपटक लिग पुस २६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरिसकेको छ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]